समाज लघुवित्तको आईपीओ बाँडफाँड भोलि, कति बजे ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भोलि सोमबार(भदौ १५ गते) बाँडफाँड हुने भएको छ । यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले सो दिन गर्न नसकिएकोले भोलि गर्ने निर्णय भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धुर्व तिमल्सिनाले भोलि दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जानकारी गराएका छन् । साथै, क्यापिटलको फेसबुक पेजबाट पनि लाइभ गरिने उनले बताए । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । सम्बन्धित समाचारः ८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने
नेप्से सामान्य अंकले बढ्दा साढे एक अर्ब माथिको सेयर कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । टीएमएसमा समस्या आएर बीचमा केही समय रोकिएपछि बेलुकी सवा ५ बजेसम्म कारोबार भएको बजारमा परिसूचक ४.६४ अंकले बढेर १४६२ अंकमा पुगेको हो । नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि सेन्सेटिभ इन्डेक्स सामान्य अंकले ओरालो लागेको छ । सामान्य अंकले उकालो लागेको बजारमा साढे एक अर्ब माथिको सेयर किनबेच भएको छ । सो दिन एक सय ८६ कम्पनीको ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता सेयर एक अर्ब ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको ३१ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टस्चरको ११ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ५ रुपैयाँ पुगेको छ । आइतबार कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बजारमा कारोबारमा आएका ३ समूहबाहेक बाँकी समूह हरिया देखिएका छन् । बैंकिङ, विकास बैंक र म्युचअल फण्ड समूह क्रमशः ७.४४, ०.४५ र ०.०३ अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९४ अंकले बढेको छ । सम्बन्धित समाचारः टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ? टीएमएसमा समस्या आएपछि लगानीकर्ता तनावमा, भन्छन्- खातामा नभएको सेयर पनि बेचियो, कतै जरिवाना लाग्ने त हैन ? टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी
शिखर इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।