३ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार

काठमाडौ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेको हो । ०.३२ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९४.७७ बिन्दुमा पुगेको हो ।  बिहिबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १४ लाख २२ हजार १ सय १२ कित्ता सेयर किनबेच हुँदा ४३ करोड ६४ लाख ४४ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेका सबै ३ सूचक राता देखिएका छन् । वित्तीय समूह ३.६, उत्पादन मूलक समूह १९.४५, र अन्य समूह २.१४ अंकले घटेका छन् । बैक समूह ६.१, होटल समूह ६.४२, विकास बैक समूह ३.१७, जलविद्युत समूह ४.३, निर्जीवन बीमा समूह २५.२ , माईक्रो फाइनान्स समूह २.८१, जीवन बीमा समूह ८.३९ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन । पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

१.३३ अंकले घट्यो नेप्से, २७ करोडको कारोबार

काठमाडौ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो ।  ०.११ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.४१ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १७० कम्पनीले कारोबार गरेका छन् । ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ ।  बजार घटेका दिन नेप्सेका सबै २ सूचक हरियो देखिएका छन् ।  बैक समूह ०.८६ र विकास बैक समूह २.९ अंकले बढेका छन् । ट्रेडीङ्ग समूह २.३७, होटल समूह ०.०७, जलविद्युत समूह ३.०४, वित्तीय समूह १.६९, निर्जीवन बीमा समूह १०.७१, उत्पादन मूलक समूह ३२.२२, अन्य समूह ०.१५, माईक्रो फाइनान्स समूह १.८४, जीवन बीमा समूह ५०.२४ र म्यूचुअल फण्ड समूह ०.०२ अंकले घटेका छन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  यस्तै, युनाइटेड फाइनान्स लिमिटेड लगानीकर्ताले ६.४१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

०.९९ अंकले घट्यो नेप्से, कारोबार रकम न्यून

काठमाडौ । साताको अन्तिम दिन विहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा घटेको छ । नेप्से परिसूचक ०.९९ अंकले घटेको हो । ०.०८ प्रतिशतले घट्दा परिसूचक १२१३.०६ बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ४ सूचक हरियो छन् भने अन्य राता रहेका छन् । होटल समूह ११.१६, अन्य समूह २.३, माइक्रो फाइनान्स समूह १.१७ र जीवन बीमा समूह ६.३ अंकले बढेका छन् । यस्तै, बैंक समूह ०.७१, ट्रेडिङ्ग समूह ४.८२, विकाश बंैक ५.१६, जलविद्युत समूह २.८६, वित्तीय ३.७६, निर्जीवन बीमा समूह ४२.०१, उत्पादनमूलक समूह ५.११, म्यूचुअल फण्ड ०.०१ अंकले घटेका छन् । सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था) का लगानीकर्ताले ४.७४४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।