हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ
काठमाडौं । हिमालयन बैंकले थप निष्कासन (एफपीओ) जारी गरेमा प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा हुने भएको छ । धितोपत्र वोर्डले गरेको नीतिगत व्यवस्थाको कारण प्रतिकित्ता मूल्य २ सय रुपैयाँ देखिएको हो । धितोपत्र वोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को नियम ३७ मा सूचिकृत संस्थाहरुले प्रिमियम मूल्यमा एफपीओ जारी गर्न चाहेमा पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्ने भनिएको छ । ‘सूचिकृत संगठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न चाहेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको विवरण अनुसार प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकाको नियम ३७ मा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन निर्देशन दिएको छ । यसो भएमा हिमालयन बैंकसँग २ विकल्प हुनेछन् । एउटा विकल्प भनेको १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भन्ने हो । दोस्रो विकल्पको रुपमा बैंकले थप निष्काशन (फर्दर पब्लिक अफरिङ–एफपीओ) जारी गर्न सक्छ । हिमालयनले एफपीओ जारी गरेमा २ अर्ब १ करोड बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा हाल सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकलाई थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरिएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पु¥याउनु पर्ने भन्ने उल्लेख छ । त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखा परीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ । एफपीओ जारी गर्ने भएमा बैंकले करीब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४÷७५ को बार्षिक वित्तीय विवरण अनुसार बैंकको नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखा परीक्षणसहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ । हिजो (१४ पुस) सो बैंकको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ ।
पाँच अंकले बढ्याे सेयर बजार, साताकाे पहिलाे दिन ४२ करोड २४ लाखकाे काराेबार
काठमाडाैं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ । कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता सेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएकाे देखिएकाे छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ । यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।
साताको शेयर बजार: झण्डै तीन अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १ सय ७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६ सय ९० रूपैयाँ मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ मूल्यमा खरिद–बिक्री भए । सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १ सय ६८.५८ मा पुग्यो । कूल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रूपैयाँ बराबरको कारोवार भयाे । मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १ सय ६६.२१ मा पुग्यो । कूल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ रूपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से १.८२ अङ्कले बढेर १ हजार १ सय ६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोवार भए । बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रूपैयाँ मूल्यमा कारोवार भयाे । साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३ सय ९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३ सय १९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस