१३ लाख बढीले भरे ग्रीनलाइफ हाइड्रोको आईपीओ
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने म्याद आज (माघ २७ गते) बाट सकिएको छ । कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले छिटो मिति अर्थात आज साँझ ५ बजेदेखि उक्त सेयर निष्काशन बन्द गरेको हो । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा २ अर्ब ३९ करोड रुपैयाँ बढीको आवेदन परेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज (मंगलबार) साँझ ५ बजेसम्मको तथ्यांक अनुसार १३ लाख ३७ हजार ९४२ जना आवेदकले २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता सेयर माग गरिसकेका छन् । यद्दपि, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सबै आवेदन संकलन भइनसकेकोले यो तथ्यांक बढ्न सक्ने छ । उक्त माग कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ७.३७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणमा निष्काशन गरिएको थियो । इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस ९आइएस० रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ ।
बेनेलीकाे नयाँ माेडल १८०एस लञ्च हुँदै, माघ २८ गते टेष्ट ड्राइभ गरिने
काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ । यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेकाे छ । जहाँ कम्पनीकाे विभिन्न शोरुमहरु काठमाडाैं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । त्यस्तै, जति सहभागी चालकले मोटरसाइकल चढेर परीक्षण गरेका हुन्छन्, उनीहरूले आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे बारेमा बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।
सेयर बजार साढे ३ बजेसम्म खुल्ने
काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५ मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग सिष्टममा ३५ मिनेट समस्या देखिएकोले कारोबारको समय थप गरिएको नेप्सले जनाएको छ ।