मितेरी लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा मितेरी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज (माघ २९ गते) संस्थाको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
निफ्राको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो अधिकतम मूल्य ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २० करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २९ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (फागुन २ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआईएफआरए दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११३.६२ रुपैयाँ र अधिकतम ३४०.८६ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सम्बन्धित समाचार निफ्राको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
डिप्रोक्स लघुवित्तको लाभांश घोषणा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ कोे नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर प्रयोजनको लागि समेत) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।