बाेनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज बिहीबार सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५१ रुपैयाँ थियो । मूल्य समायोजन पछिको कारोबारमा बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । बिहीबार कारोबार भइरहेको बजारमा कम्पनीको सेयर मूल्य ४.७४ प्रतिशतले बढीसकेको छ । दिउँसो १२ बजेसम्ममा बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता २४३ रुपैयाँ पुगेको छ ।

सेयर बजारमा रेकर्ड ब्रेकः नेप्सेले पार गर्याे १९०० बिन्दु

काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो भने हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन । तर बिहीबारको बजारमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ र नयाँ रेकर्ड राख्न सफल भएको छ । याे अवधिमा सेयर बजारमा कूल २१ कराेड ६१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । याे समाचार तयार पार्दासम्म १३० कम्पनीकाे ३ लाख २९ हजार ९२८ कित्ता सेयर किनबेच भइसकेकाे छ ।  

अपि पावरले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, प्रस्तावित बोनस र हकप्रद सेयर पारित

काठमाडौं । अपि पावर कम्पनीले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुई साधारणसभा गरिएको हो । साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै, सभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ । सभाले चयन गरेका संचालकहरूमा सतिष न्यौपाने, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाइ निर्विरोध निर्वाचन गरेको छ। अपि पावरले भर्खरै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ । अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो । विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ । हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पूँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ ।