चिलिमे हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ(नेप्से) सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १० प्रतिशत अर्थात ५७ लाख ९ हजार ७६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

नेरुडे लघुवित्तकाे वार्षिक साधारणसभा फागुन २२ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारणसभा आगामी फागुन २२ गते हुने भएको छ । संस्थाले प्रस्तावित लाभांश पारित गर्न सो दिन आफ्नो १४औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ । सभामा जाने प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म संस्थाको बुक क्लोज हुने छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनीले संस्थाकाे प्रस्तावित लाभांश पाउने छन् ।

जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो चार वर्ष यताकै उच्च लाभांश हो । माघ १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । लाभांश इतिहास प्रस्तावित लाभांश गत चारवर्ष यताकै उच्च लाभांश दर हो । संस्थाले यसअघि २६ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थिएन । संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट २६.३२ प्रतिशत, आव २०७४/२०७५ को नाफाबाट २१.०५ प्रतिशत, आव २०७३/२०७४ को नाफाबाट पनि २१.०५ र आव २०७२/२०७३को नाफाबाट  २० प्रतिशत लाभांश पाएका थिए ।