माया खोला हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो । सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता चैत १२ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे ?
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) शुक्रबार बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि (चैत १३ गते) दिउँसो साढे १२ बजे काठमाडौं ज्ञानेश्वरको शान्ता प्लाजस्थित ज्योति लाइफ इन्स्योरेन्सको कार्यालयमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलले बताएकाे छ । कम्पनीले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म कूल ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे । जसमा अन्तिम दिन अर्थात फागुन २६ गते साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ३४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकोभन्दा ६.४० गुणा बढी आवेदन हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । सम्बन्धित समाचार ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा ऐतिहासिक रेकर्ड, १८ लाख बढीले भरे सेयर
सिद्धार्थ इन्स्योरेन्सले घोषणा गर्यो १५ प्रतिशत बढी लाभांश
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको हो । चैत ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत र कर प्रयोजनको लागि ३.७८९४ प्रतिशत गरी १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश आर्थिक वर्ष २०७४/७५ को तुलनामा बढी हो । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।