श्वेत गंगा हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोशेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीहरुका लागि र बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१को लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को सार्वजनिक निष्कासन तथा बिक्री आज बैकिङ समय पश्चात् बन्द हुने भएको छ । असार २२ गतेदेखि सार्वजनिक निष्काशन तथा खुला रहेको यो फण्ड साउन ४ गतेदेखि आवेदन बन्द हुन लागेको हो । १० वर्षे बन्दमुखी योजना ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ को प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले न्यूनतम् १०० इकाई र अधिकतम् १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत वा सिडिएस एन्ड क्लियरिङ लि.द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र, कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष लगायतले आवेदन दिन सक्ने छन् । कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक हो । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो । ग्लोबल आइएमई क्यापिटलले अघिल्लो आर्थिक वर्ष सतप्रतिशत आकर्षक प्रतिफल दिन सफल भएको थियो । यसै क्रममा कम्पनीले अर्को ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सञ्चालन गर्न लागेको हो ।