विकासन्युज समाचार प्रभाव : सिआश्वा शुल्क ५ रुपैयाँमा झर्यो, अब कुनलाई कति ?
काठमाडौं । नेपाल धितो बोर्ड (सेबोन)ले सि–आश्वा शुल्क घटाएको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन गर्दै सि–आश्वा शुल्क घटाएको हो । विकासन्युज डटकमले सि–आश्वा शुल्क घटाउनका लागि नियमित रुपमा सेरिजमै समाचार सम्प्रेषण गरेको थियो । बोर्डले सो निर्देशकिा संशोधन गर्दै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको हो । यस्तै, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त १० रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरेको छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था पनि गरेको छ । सम्बन्धित सामग्री : पुँजीगत लाभकर घटाऔं, आईपीओ शुल्कमा हेरफेर गरौं एक सय रूपैयाँमा पाउनै छोड्यो आईपीओ ! आईपीओको लागत १०० रुपैयाँभन्दा निकै बढी, तपाईंलाई कति पर्दैछ ? सिआश्वा शुल्क : लगानीकर्तालाई जोखिम की शोषण ? आईपीओ भर्दा लाग्ने शुल्क हटाउने, भ्याट १० प्रतिशतदेखि विद्युतीय गाडीमा कर छुटसम्म सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु पर्दैन : अध्यक्ष हमाल
भोजपुरवासीलाई इष्टर्न हाईड्रपावरको आइपीओ खुला, भदौ २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । इष्टर्न हाइड्रोपावरले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । साथै, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि सेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।
मेरो सेयर एप अब आइवोएसमा पनि
काठमाडौं । सिडिएस एण्ड किल्यिरङको एप मेरो सेयर अब आइवोएस भर्सनमा पनि उपलब्ध भएको छ । यसअघि एनड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको यस अप सोमबारबाट आइवोएस भर्सनमा पनि उपलब्ध भएको हो । योसँग अब एप्पलको एप स्टोरबाट मेरो सेयर एप डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । एप्पल प्रयोगकर्ताहरुले सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।