नेप्सेको सीइओलाई लगानीकर्ताले बुझाए पत्र : शु्क्रबारको कारोबार बन्द गरौं
काठमाडौं । शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ४ जना लगानीकर्ताहरुले मिलेर सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने बताउँदै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गराउन अनुरोध गरेका छन् । नेपाल सरकारले आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएसँगै सेयर बजार पनि आइतबार बन्द गरी शुक्रबार खुलाइएको थियो । तर पछि सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिएसँगै सोही बमोजिम सेयर बजार पनि आइतबार संचालनमा आएको थियो । साथसाथै, नेप्सेले प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् । रासस
घट्दो बजारमा बढ्दो प्रतिफल, लगानीकर्तालाई १२.०२ प्रतिफल दिने नविलको योजना
काठमाडौं । नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले १२.०२ प्रतिशत प्रतिफल दिने योजना ल्याएको छ । सेयर बजार घटिरहेकाे बेलामा ‘घट्दो बजारमा बढ्दो प्रतिफल’ भन्ने नाराका साथ नविल बैंकले सेयर लगानीकर्तालाई लोभ्याउने योजना ल्याएको हो । यस योजनामा कम्तिमा ५ लाख लगानी गर्नुपर्नेछ । लगानी अवधि लगानीकर्ताले एक वर्ष वा सो भन्दा बढी भनेर रोज्न सक्नेछन् । लगानीको प्रतिफल कम्तिमा कम्तिमा १२.०२ प्रतिशत सुनिश्चि गरिएको कम्पनीले जनाएको छ । मुद्दती खाताको व्याज झै त्रैमासिक रुपमा प्रतिफल भुक्तानी गरिने पनि उक्त कम्पनीले जनाएको छ । बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई ११.०३ प्रतिशत भन्दा बढी व्याज नदिने सहमति गरेर अगाडि बढिरहेको अवस्थामा मुद्दती निक्षेपमा जस्तै प्रतिफल सुनिश्चित भएको र मुद्दती खाताकै सुविधा भएको लगानी योजना नबिल इन्भेष्टमेन्टले ल्याएको हो । कम्पनीले यस योजना मार्फत निक्षेपकर्ता र सेयर बजारका लगानीकर्ता दुबैलाई तान्ने रणनीति लिएकाे छ।