ब्रोकर थप्न आवश्यक छ : सीईओ कार्की
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अहिले ब्रोकरको संख्या थप्नु पर्ने आवश्यकता देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले ब्रोकरको संख्या थप्नु पर्ने आश्यकता देखिएको धारणा राखेका हुन् । ‘अहिले बजारले थप ब्रोकर मागेको छ, अहिले भएको ब्रोकरले थप सुविधा दिन सक्दैनन्, पूँजी बजारको विस्तारका लागि ब्रोकरको आवश्यकता देखिन्छ, शाखा पनि विस्तार गर्नु पर्छ,’ उनले कार्यक्रममा भने । यस्तै, उनले प्रणाली र कानुन सबै लगानीकर्ताले बुझ्ने खालको हुनु पर्ने धारणा पनि राखे । वर्तमान कानुनमा धेरै समस्या भएको कारणले यसमा स्पष्टताको खाँचो परेको धारणा राखे ।
नगदसँगै सेयर पनि सापटी दिने व्यवस्था हुनु पर्छ : गोपाल भट्ट
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले नगद मात्रै नभएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मार्जिन लेण्डिङमा राष्ट्र बैंकले स्पष्ट नीति बनाएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था गर्नु पर्ने धारणा राखेका हुन् । चाहिएको पैसा पुँजी बजारले पुर्याउने काम गर्ने बताउँदै उनले भने, ‘पैसा चाहिएको छ भने पुँजी बजारले पुर्याउने काम गर्छ, चिनी उधोगलाई पैसा आवश्यक परेमा सेयर बजारबाट संकलन गर्न सक्छ, लगानीकर्ताले बढी उपभोग पाउनलाई लगानी गर्छन् ।’ बढी प्रतिफल पाउन बढी जोखिम मोल्नु पर्ने बताउँदै उनले आफ्नो लगानीको भन्दा बढी लगानी गर्नका लागि मार्जिन कर्जा लिने बताए । उनले अमेरिकामा मार्जिन कर्जा लिने लगानीको शेयर ब्रोकरको नाममा हुनु पर्ने र सेयर बजार २५ प्रतिशत घटेपछि मार्जिन कल गर्न शुरु गर्ने धारणा राखे । नेपालमा ब्रोकरलाई सबै किसिमका ऋण दिन नपाउने व्यवस्था गरेकोले असहज भएको छ, यसलाई सहज बनाउनुपर्छ, ब्रोकरसङ्ग पनि सीमित पुँजी हुने भएकाले बैंकबाट सापटी लिनुपर्ने हुन्छ, रास्ट्र बैंकले पनि स्पष्ट नीति बनाएर मार्जिन कर्जा कति बर्ष, कति रकमसम्म लिन पाउने भन्ने व्यवस्था गर्नु पर्छ,’ उनले भने ।
पिपुल्स पावरको आइपिओ बाँडफाँड, दुई जनाले पाए ११ कित्ता
काठमाडाैं । आइतबार पिपुल्स पावरको प्राथमिक सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा २२ लाख ९४ हजार ६८२ कित्तकाे लागि १६ लाख ३१ हजार ३८ वटा आवेदन परेकाे थियाे । आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए । आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ जना थिए । जस मध्येबाट २ लाख २९ हजार ४ सय ६६ जनालाई १०-१० कित्ता र दुई जनालाई ११ कित्ता परेकाे थियाे । पिपुल्स पावरले प्रभु क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकमा राखी साउन ३१ गते देखि भदाै ५ गतेसम्म सार्वजनिक सेयर खुला गरेकाे थियाे । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने छ ।