पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था छैन : सांसद

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन् । उनले नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएकाले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका हुन् । सांसद दाहालले कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको अवस्थामा अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले नयाँ ल्याउनुभन्दा पनि हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए ।    

सानिमा माइ हाइड्रोपावरले गर्यो लाभांश प्रस्ताव

काठमाडाैं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

नेप्से परिसूचक ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्यो

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ । सोमवार नेप्सका १३ उपसमूह मध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमवार नेप्से सामान्य अंकले घटेपनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।