प्रतिकित्ता ७५० रुपैयाँमा साढे ६२ हजार कित्ता सेयर बिक्री
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तले ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । लघुवित्तको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन । लघुवित्तको उक्त सेयरमा एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको उक्त सेयरमा बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । बोलपत्र असोज २८ गते शुक्रबार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिनेछ ।
‘नेप्से सुनको अण्डा दिने कुखुरो हो’
काठमाडौं । नेप्से सरकालाई सुनको अण्डा दिने कुखुरो भएको नेप्से कर्मचारी संघले बताएको छ । नयाँ स्टक आवश्यक नरहेको बताउँदै नेप्से कर्मचारी संघले सरकारलाई सुनको अण्डा दिने कुखुरो भएको बताएको हो । सरकारले हाल ४४ वटा सार्वजनिक संस्था सञ्चालन गरिरहेको भएपनि सबैभन्दा उत्कृष्ट संस्था नेप्से रहेको संघले बताएको छ । थोरै पूँजी लगानी गरेर अर्बाै रुपैयाँ आम्दानी गर्ने भएकाले नयाँ स्टक ल्याउँदा नेप्से समस्यामा पर्ने बताएको हो । ‘हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था हो, यो सरकारको बहुमुल्य सम्पत्ति हो, सरकारले गरेको केवल ५०÷६० लाख रुपैयाँ पूँजी लगानीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर १ अर्व चँुक्ता पूँजी पुर्याएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको, ‘सरकारको लगानीमा उच्चतम प्रतिफल दिने यो अग्रणी संस्था हो, यसले सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश प्रदान गर्दै आएको छ, नेप्सेको यो वित्तीय अवस्था र प्रगति निजी क्षेत्रलाई समेत ईष्र्यालाग्दो विषय बनेको छ, विदेशीकोे पनि साझेदार बन्ने रहर छ ।’ यस्तै, स्टक एक्सचेञ्जलाई बैंक, बीमा, टेलिकम जस्तो व्यावसायिक संस्थासँग तुलना गर्न नमिल्ने संघको धारणा छ । स्टक एक्सचेञ्ज नियमनकारी निकाय भएकाले बैंक, बीमा र टेलिकम जस्ता संस्थासँग तुलना गर्न नमिल्ने कर्मचारी संघको तर्क छ । ‘स्टक एक्सचेञ्ज सञ्चालन भनेको नाफा उद्देश्य प्रधान भएको विशुद्ध व्यावसायिक गतिविधि हुँदै होइन, स्टक एक्सचेञ्ज विशुद्ध वजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि हो, स्टक एक्सचेञ्जहरुलाई ‘फ्रन्टलाइन रेगुलेटर’ भनिन्छ, स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन्,’ संघले भन्यो, ‘ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन्, यस्तो नियमनकारी सञ्चालनमा कहीँ पनि प्रतिस्पर्धा हुदैन, सञ्चालनमा निहित यही नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन, बैंक, बिमा, टेलिकम जस्ता व्यावसायिक संस्थासँग जोडेर स्टक एक्सचेञ्ज पनि त्यस्तै हो भन्नु दिउसै अध्याँरो बनाउन खोज्नु मात्रै हो ।’
नेप्सेको अर्बाैं सम्पत्ति कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडे : नेप्से कर्मचारी संघ
काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्ज आवश्यक नभएको भन्दै बताएको छ । बिहीबार नेप्से कर्मचारी संघले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ स्टक आवश्यक नरहेको तर नेप्सेको पुनः संरचना गरी सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने बताएको हो । नेप्से कर्मचारी संघले नयाँ स्टक आवश्यक नरहेका विभिन्न ८ वटा आधार सहित नेप्सको सुधारका लागि आवश्यक सुझाव समेत दिएको छ । बिहीबार जारी गरिएको विज्ञिप्तमा विश्वभर स्टक मर्जर भइरहेको, अर्थतन्त्रको आकार सानो, पूँजी बजार संवेदनशिल क्षेत्र, पूँजी बजार विकासको निर्धारक स्टक एक्सचेञ्जको संख्या नभएको, बैक, बीमा, टेलिकम जस्ता व्यावसायिक स्टक एक्सचेञ्ज नभएको भन्दै नयाँ स्टक आवश्यक नरहेको नेप्से कर्मचारी संघले बताएको छ । यस्तै, धेरै स्टक एक्सचेञ्ज खोल्दा प्रतिस्पर्धा नहुने, नेप्से सरकारलाई सुनको अण्डा दिने कुखुरो रहेको, धितोपत्र बोर्डसँग दुई वटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत साधन पर्याप्त नभएको भन्दै नयाँ स्टक मार्केट आवश्यक नभएको कर्मचारी संघले बताएको छ । नेप्सेलाई टाट पल्टाएर कबाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको कर्मचारी संघको आरोप छ । नियामक निकायका केही वरिष्ठ पात्रहरु धनाढ्य व्यापारिहरुको प्रभावमा परेर नेप्सेको अरबौंंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडेको प्रष्ट रहेको अध्यक्ष थापाले बताए । नयाँ स्टक ल्याउनु भन्दा नेप्सेको पुनः संरचना गर्नुपर्ने आवश्यकता रहेको संघको धारणा रहेको छ । नेप्सेको संरचनानका लागि रणनैतिक विदेशी साझेदार ल्याउनु पर्ने, धितोपत्र सम्बन्धी उपकरणहरुको विविधिकरण गर्नुपर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्नुपर्ने, एसएमई कम्पनीको सूूचीकरण गनुपर्र्ने र गैरआवाशिय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाइ भित्र्याउनुपर्ने संघको धारणा छ । [pdf id=350661]