गरिमा विकास बैंकको संस्थापक सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर आइतबार नेप्सेमा थपिएको हो । लिलामीमार्फत बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच हुने छ ।
४३ अंकले बढ्यो सेयर बजार, कारोबार डेढ महिना यताकै उच्च
काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । यस्तै, आज असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असाेज २ गते एक अर्ब ६० कराेड काराेबार भएकाे थियाे भने आज एक अर्ब ५४ करोडको कारोबार भएकाे छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप-समुहहरूमा हरियाली छाएको छ भने लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।
पाँच वटा लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट
काठमाडौं । सेयर बजार खुलेको करिब तीन घण्टामा पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । पाँच मध्ये तीनको पुर्ण रुपमा सर्किट लागिसकेको छ भने दुईको सर्किट लेभलमा कारोबार भइरहेको हो । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त रहेका छन् भने उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको लागेको छ । शनिबार ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जाल्पा लघुवित्तको भने आइतबार सेयर बजार खुलको ५ मिनेटमै सेयर मूल्यमा सर्किट लागेको थियो । यो समाचार तयार पार्दसम्म नेप्से परिसुचक २९.७५ अंकले बढेर १९५१.९१ विन्दुमा पुगेको छ । यसरी नेप्से उकालो लाग्दा आइतबारको बजारमा सबैभन्दा बढी कारोबार लघुवित्तकै रहेको छ ।लघुवित्तले लाभांश घोषणा गर्न थालेसँगै लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।