निफ्राका सेयरधनीलाई नगद लाभांश मात्रै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।
नेप्से परिसूचक ९.८४ अंकले गिरावट, नबिल बैंकको सबैभन्दा बढी कारोबार
काठमाडौं । बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ । बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ७२ करोड बराबरको कारोबार भएको थियो । बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्से परिसूचक घटे पनि बिहीबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ । तर यता विन्द्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा, लगानीकर्तालाई शतप्रतिशत नाफा
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । बैंकिंगले भदौदेखि नै लागू हुने गरी सेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो । लगानीका विभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ । सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड/डिबेञ्चर, ईक्विटी, आईपीओ/एफपीओ/हकप्रद सेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ । यो लगानी व्यवस्थापन सेवाका विशेषताहरुः यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मूल्य बराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ वर्षपछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । डिस्क्रिसनरी पीएमएस सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको शतप्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ । सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । यद्यपी लगानीको व्यवस्थापन केवल सेयर बजारमा प्रवेश गरेर मात्र हुने चाँही होइन । अन्य उपकरणहरुमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरु छन् । समयको अभाव, सेयरबजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीको लागि मौका प्रदान गरिरहेकोछ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराईको हो ।