नेप्सेमा २ बैंक सहित ४ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको हो । यी ४ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६४.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भएको थियो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १७७.१४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल बैंकको २ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २८०.८८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २८६.५० रुपैयाँमा कारोबार भएको थियो । प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २२०.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २२८.९० रुपैयाँमा कारोबार भएको थियो ।
नयाँ स्टक र थप ब्रोकर लाईसेन्स दिन बनेको नियमावली रोक्न सर्वाेच्चमा परेको रिट खारेज
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त रिट खारेज गरेको हो । गत कार्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलाशले उक्त रिट खारेज गरेको हो ।
दुई दिन उत्साहित भएको नेप्से बुधबार भने घट्यो, ६ कम्पनीमा लाग्यो सर्किट
काठमाडौ । दुई दिन उत्साहित भएको सेयर बजार बुधबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बुधबार सेयर बजार ११.८१ अंकले घटेको हो । यसरी सेयर बजार घट्दा नेप्से १९७२.१५ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि कारोबार रकम भने राम्रो नै देखिएको छ । बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, पाँच वित्तिय कम्पनको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा क्रमश स् सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खपतड लघुवित्त, सृजनशिल लघुवित्त र विन नेपाल लघुवित्त रहेको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैकको ८ करोड ८१ लाख रुपैयाँको भएको छ ।