२५५ प्रतिशतसम्म प्रतिफल दिने प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।

२४ अंकले घट्यो सेयर बजार, आदर्श लघुवित्तको सेयरमा सर्किट

काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बुधबार १५१.२० रुपैयाँले बढेको छ । मंगलबार पनि यस लघुवित्तको सेयरमा सर्किट लागेको थियो । यस्तै, आज सबैभन्दा बढी बोटलर्स नेपाल तराईका सेयरधनीले गुमाएको छ । कम्पनीका सेयरधनीले १३ सय ३३ रुपैयाँ गुमाएको हो । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।    

आशा लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको लागि लघुवित्तले फागुन २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्नेछन् ।