ब्रोकर लाइसेन्सको लागि थप १४ कम्पनीले पाए एलओआई

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १४ कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । बोर्डको बिहिबार बसेको संचालक समितिको बैठकले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका थप १४ कम्पनीलाई लओआई प्रदान गरेको हो । यससँगै बोर्डबाट एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । बोर्डले यस अघि २९ कम्पनीलाई एलओआई प्रदान गरेको थियो । एलओआई पाउने १४ कम्पनी १ . माछापुच्छ्रे सेक्युरिटिज  – धितोपत्र व्यवसायीको किसिम सिमित कार्य गर्ने धितोपत्र दलाल) २. प्रभु स्टक मार्केट – सिमित कार्य गर्ने धितोपत्र दलाल ३. पाही इन्भेष्टमेन्ट – सिमित कार्य गर्ने धितोपत्र दलाल ४, बेनी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ५. ट्रेडम सेक्यूरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ६. इन्दिरा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ७. हातेमालो फाइनान्सियल सर्भिसेस – सिमित कार्य गर्ने धितोपत्र दलाल ८. रोडसो सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ९. सजिलो ब्रोकर पब्लिक – सिमित कार्य गर्ने धितोपत्र दलाल १०. एप्पल सेक्यूरिटीज – सिमित कार्य गर्ने धितोपत्र दलाल ११. सी.जी. इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १२. म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी -सिमित कार्य गर्ने धितोपत्र दलाल १३. हिमालयन सेक्युरिटिज – पूर्ण कार्य गर्ने धितोपत्र दलाल १४ सनी सेक्यूरिटिज कम्पनी – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकियो

काठमाडौं । मन्त्रीपरिषदको निर्देशन पछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । गत बुधबार बसेको मन्त्रीपरिषदको बैंठकले निर्देशन दिएसँगै तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको हो । सेबोनले नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरु अध्ययन गर्न समीति नै बनाइसकेको छ । सो समितिले आवेदनहरु अध्ययन थालनि गरिसकेको छ । नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् । तर, मन्त्रीपरिषदको निर्देशनले तत्काल प्रक्रिया रोकिएको बोर्ड स्रोतले बताएको छ । मन्त्रीपरिषदको बैठकले बुधबार निर्णय गरेको भएपनि जानकारी भने बिहीबार मात्रै गराएको बोर्ड स्रोतले बतायो । बिहीबार मौखिक जानकारी आएपनि शुक्रबार पत्र नै पठाइनेछ । सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनीको लाइसेन्स वितरण गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन खुला गरेको थियो । धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार ग्लोबल आइएमई लघुवित्त, ज्योति विकास बैंक र नेपाल ल्युव आयलको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो । ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस वापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, ज्योति विकास बैंकको ३ प्रतिशत बोनस वापतको १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल ल्युव आयलको २५ प्रतिशत बोनस वापतको ९७ हजार ५६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।