ग्लोबलले बि.ओ.के. क्यापिटललाई गाभ्ने, बोलाए विशेष साधारण सभा

काठमाडौं । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने भएको छ । माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई गाभ्ने भएको हो । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गर्नेछ । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ । दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई क्यापिटलको जेठ १४ गते र बि.ओ.के. क्यापिटलको जेठ १२ गते बसेको सञ्चालक समितीको बैठकले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् । विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बि.ओ.के.क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

पैसाको जोहो गर्नुहोला ! कुथेली बुखरी स्मल हाइड्रोले शुक्रबारदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले भोलि (जेठ १९ गते, शुक्रबार)देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानिय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयर १० वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ ९साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा० र भिमेश्वर नगरपालिका १ का ९साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा० स्थानिय बासिन्दालाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छटोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ढिलोमा असार १७ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नेप्सेमा एक लघुवित्तको बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको ११ प्रतिशत बोनस बापत ९४ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।