एचआईडीसिएलको पुनसंरचना गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसिएल)को पुनसरंचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले एचआईडीसिएलको पुनसरंचना गरी प्रभावकारी बनाउने बताएका हुन् ।
एलिट क्यापिटलले शुरु गर्यो सेयर बजारबारे निःशुल्क तालिम
काठमाडौं । एलिट क्यापिटलले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निशुल्क तालिम तथा परामर्श शुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रवार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ । सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरुले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा सेयर बजारको आधारभुत चरित्र, वित्तिय लगानी योजना, नेपालमा शेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरु लगायतका बिषयमा परामर्श दिइने छ । यस्तै सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरुको छनोट तथा शेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिईने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुदेखि कारोवार गरिरहेका लगानीकर्ताहरु पनि सहभागि हुन सक्नेछन् । यस तालिममा सहभागिहरुलाई तालिम पश्चात पनि एलिट क्यापिटलले आप्mना अनुसन्धान प्रक्रियामा सहभागि गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरुले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सिमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।
नेप्सेमा ३ कम्पनीको १ करोड २६ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाख ३३ हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, एचआईडीसीएलको ५ प्रतिशत बोनस वापतको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस वापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.७० प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस वापतको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।