बुधबार पनि बढ्यो सेयर बजार, दुई कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सेचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९५९.१२ विन्दुमा पुगेको छ । बजार यसरी बढ्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लईुवित्त वित्तिय संस्था र युनिलिभर नेपाल लिमिटेड रहेको छ । सकारात्मक सर्किट लाग्दा आत्मानिर्भर लघुवित्तको सेयरधनीले प्रतिकित्ता १३६.६० रुपैयाँ कमाएका छन् भने युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता दुई हजार ७९० रुपैयाँ कमाएका छन् । आज ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १४ करोड रुपैयाँको भएको छ ।
स्वावलम्बन लघुवित्तमा संस्थापकको १३ लाख कित्ता सर्वसाधारणमा परिवर्तन
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ । लघुवित्तको संस्थापक सेयर र सर्वसाधारण सेयरको पूँजी संरचनामा परिवर्तन गरेको हो । लघुवित्तको हालसम्म सूचीकृत कूल १ करोड २९ लाख ४ हजार ९५५ कित्ता सेयरमध्ये संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा ७०:३० प्रतिशत कायम रहेको थियो । सो सेयरलाई परिवर्तन गर्न सम्पूर्ण प्रक्रिया पुरा गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गरेको लघुवित्तले जनाएको छ । लघुवित्तमा संस्थापक समूहको १२ लाख ९० हजार ४९६ कित्ता सेयर सर्वसाधारण सेयर समूहमा अभिलेख गरिएको लघुवित्तले जनाएको छ ।
नेप्सेमा एक लघुवित्तको २२ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २२ प्रतिशत बोनस वापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।