ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने

काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो । उर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो । यस फण्डले जलविद्युत परियोजनाहरू, सौर्य परियोजनाहरू, र अफ(ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार प्लान्टहरू) मा लगानी गर्नेछ । ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले उर्जा इम्प्याक्ट फण्डमा कोष प्रबन्धको रुपमा रहेर स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आईएफसी र एडिबि जस्ता संस्थामार्फत् फण्ड संकलन गर्नेछ । नवीकरणीय ऊर्जा विकास नेपालको लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्यहरू पूरा गर्नका लागि आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले बताए । उनका अनुसार उर्जा डेभलपर्ससँगको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाहरूको वित्तपोषणलाई उत्प्रेरित गर्न, निम्न समुदायहरूको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवद्र्धन गर्न अति आवश्यक पूँजी उपलब्ध गराएर स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । जसले विभिन्न आकार र फोकसका कोषहरू चलाउँदै आएको छ । उर्जा डेभलपर्स कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रका लागि समाधान प्रदायक कम्पनी हो । जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गन

कुमारी बैंकको साढे ७ लाख कित्ता सेयरको मूल्य १०५ रुपैयाँ

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले साउन २८ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् २० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली लाई बाँडफाँट भइसकेको र २ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोष र स्थानीयले आवेदन नदिएको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ३१ गते र ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट रहेको छ । नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।