नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत, हेरौँ क-कसको कति?
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै एक्सेल डेभलपमेन्ट बैंक र देवः विकास बैंकको बोनस र हकप्रद सेयर गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा जम्मा २० लाख २ हजार कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर थपिएको छ । एक्सेलको ७ लाख ६९ हजार १२५ कित्ता बोनस थपिएको छ । त्यस्तै, देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ कित्ता बोनस र ४४ लाख ५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
कन्काई विकास बैंकको असार १९ गते बुक क्लोज, २१४ प्रतिशत हकप्रद निष्काशन गर्दै
काठमाडौं । कन्काई विकास बैंकको आगामी असार १९ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले २१४ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४२ रुपैयाँ
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १३९२ रुपैयाँ रहने भएको छ ।