काबेली विकास बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले काबेली विकास बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । आइतबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन हिमालयन जनरल इन्स्योरेन्स र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सकोे १६६.६७ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६९१ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८५१ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाकोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८४३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०२६ रुपैयाँ रहेको छ ।

पुरानो भ्याट नलिने सहमतिपछि आइतबारबाट सेयर कारोबार खुल्ने

काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कम्पनीहरुसँग पुरानो कारोबारको भ्याट नलिने मौखिक सहमति गरेपछि आइतबारदेखि सेयर कारोबार खुल्न भएको छ । शनिबार राजश्व सचिव शिशिर ढुंगाना र ब्रोकर एसोसियसनबिच भएको छलफलमा त्यस्तो सहमति भएको हो । सहमतिसँगै आइतबारबाट सेयर कारोबार नियमित रुपमा सञ्चालन हुने ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘अर्थ सचिवले हाम्रो समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ, अब आइतबारबाट सेयर कारोबार खुल्छ’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । आन्तरिक राजश्व विभागले महालेखा परिक्षकको रिपोर्टका हवाला दिँदै ब्रोकर कम्पनीहरुसँग चार आर्थिक बर्षको कमिसनमा भ्याट असुल्ने भन्दै पत्राचार गरेको थियो । ब्रोकरहरुले लगानी कर्तासँग आफुहरुले भ्याट असुली नगरेकाले विभागलाई भ्याट नतिर्ने भन्दै असार १५ गते बिहिबार सेयर कारोबार बन्द गरेका थिए ।