आरएसडिसीले १५% बोनस र २००% हकप्रद दिँदै, चैत १ गतेदेखि १२ दिन बुक क्लोज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालो लाग्दा ४१ करोडको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक १२ दशमलब ६१ अंकले उकालो लागेर १३२९ दशमलब ४१ अंकमा पुगेको छ । १३४ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ११ हजारको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङलादेश बैंक र नेपाल लाइफ इन्स्यारेन्सको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बिहीबार ३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स, आरएसडीसी लघुवित्त र सोल्टी होटलको क्रमशः ९.७९, ९.७५ र ९.७० प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी स्वरोजगार लघुवित्तको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन २६ गते बुक क्लोज
काठमाडौं । सिटिजन्स बैंकल इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत(१० बराबर २.५ अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन २६ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।