सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने
काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
‘पूर्ण छात्रवृत्ति’ लगायतका प्रावधान हटाउन माग गर्दै निजी स्कुलका सञ्चालक सडकमा आउने
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । निजि विद्यालयका सञ्चालकको संस्था प्याब्सन, ऐन प्याब्सन, हिसान र अपेनले बुधबार कार्यक्रम गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएका केही बुँदाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आइरहेका शिक्षकहरूले भोलिदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दा माग सम्बोधन नभएको भन्दै सञ्चालकहरू भाद्र पाँच गते बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएको छ । घोषणा कार्यक्रममा निजी स्कुलका प्रधानाध्यापकहरू ब्यानरसहित नयाँ बानेश्वर चोकसम्म र्याली निकाली फेरि माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने बताइएको छ । यस्तै, भाद्र ६ गते बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । काठमाडौं उपत्यकामा २७ किमी चक्रपथ वरिपरि कालो झण्डारब्यानरसहित स्कुलबसको र्याली निकालिने छ भने दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ गर्ने जनाएका छन् । यति गर्दा पनि माग पुरा नभए ८ गते निर्णायक आन्दोलन गर्ने शिक्षकहरूले बताएका छन् । केके छन् माग ? ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने । विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने । कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने । छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने । छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।
माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा छुट
काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकर प्रभु बैंक लिमिटेडबीच स्वास्थ्य सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन र बैंकका ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिकमा उपलब्ध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।