नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा क्षेत्रमा प्रिपेड सिम निःशुल्क उपलब्ध गराउँदै
काठमाडाै । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरुमा प्रिपेडको सिम निःशुल्क वितरण गरिरहेको छ । सो सिममा ५० रुपैयाँको टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्क भित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको छ । साथै, बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने एनटीसीले जनाएको छ । टेलीकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । यो सुविधा यहि भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ ।
रिया आइएमईबाट ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण
काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईले साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो रकम उक्त कोषमा हस्तान्तरण गरेको हो । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई सोमबार मलेसियास्थित नेपाली दुतावासमा भेटि सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सिभिल बैंकले बेस रेटमा नै अटो लोन सुविधा दिने
काठमाडौं । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी हुने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै, बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । साथै, यो योजना सीमित अवधिको लागि प्रदान गरिने बैंकले जनाएको छ ।