राजनीतिक दललाई व्यवसायीको सुझाव: चुनावी घोषणापत्रमा पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने
काठमाडौं । होटल संघ नेपाल (हान)ले प्रमुख राजनीतिक दलहरुलाई आसन्न चुनावका लागि तयार पारिने घोषणापत्रमा पर्यटनलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । संघका अध्यक्ष अमरमान शाक्यले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकताका साथ उल्लेख गर्न आग्रह गरेका छन् । आसन्न चुनावहरुका लागि तयार पारिने घोषणापत्रमा समेत अर्थतन्त्रको दिगो बिकासको माध्यम पर्यटन उद्योग रहेकोले पर्यटन व्यवसायलाई विशेष प्राथमिकता सहित उल्लेख गराउने उद्येश्य रहेको उनले बताए । नेपालको इतिहासमा पहिलोपटक सम्पन्न हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको पूर्व सन्ध्यामा “दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको बिकास“ भन्ने नारालाई आत्मसात गर्ने गरि नेपालका सात वटै प्रदेशमा पर्यटन र होटल उद्योगको विकासका लागि तीन मुख्य राजनीतिक दलहरुको सामुहिक प्रतिबद्दता जनाउन आग्रह गरेका थिए । होटल संघ नेपाल (हान) को पहलमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ, र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्टबाट संयुक्त रुपमा सोमबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । सरकारले पूर्वाधार विकास गरेको खण्डमा होटल तथा पर्यटन व्यवासायीले सात वटै प्रदेशमा लगानी गर्ने बताएको छ । सोमबार हानले एक कार्यक्रममार्फत सरकारले नेपालको आर्थिक विकासका लागि उचित नीति अख्तियार गर्ने र विमानस्थल, बाटो, उर्जा जस्ता अत्यावश्यक पुर्वाधारहरुमा लगानी गरेको खण्डमा सात वटै प्रदेशमा होटल तथा पर्यटन व्यवसायीहरु लगानी गर्न तयार रहेको बताएको छ । सबै प्रदेशहरुले आआफ्नो विशिष्टता झल्कने पर्यटकीय ब्राण्ड तयार गर्न, प्रदेश र स्थानीय सरकारले पर्यटक र पर्यटन व्यवसायीसंग सन्तुलित ढ्रगले मात्र शुल्क लगाउन, पर्यटन र होटल उद्योग सेवामुखी भएकाले संतुलित श्रम संबन्ध निर्माण गर्ने वातावरण तयार गर्न र द्रुतरुपमा आर्थिक विकास भएका छिमेकी मुलुकहरु चीन र भारतबाट बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि सरकारी स्तरमा पहल गर्नका लागि पनि राजनितीक नेतृत्वलाई अनुरोध गरेका छन् । होटल संघ नेपाल स्थापनाको स्वर्ण महोत्सवको अवसरमा पनि नेपालको संघिय संरचनामा पर्यटनको विकास र प्रवर्धन कसरी गर्ने विषयमा बृहत छलफल गरि यस विषयको उठान गरिसकेको स्मरण गराउंदै का तीन मुख्य राजनीतिक दलहरुका जिम्मेवार नेताहरुको समुस्थितिमा उक्त विषयलाई अझ गहन र व्यापकरुपमा अगाडी बढाएर नेपालका सात वटै प्रदेशका लागि भावी पर्यटनको दुरदृष्टि र मार्गचित्र कोर्ने जमर्काे गरेको बताए । दलका प्रतिबद्धता उक्त कार्यक्रममा माओबादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोख्रेलले पर्यटन व्यवसाय साँच्चै नै दिगो आर्थिक विकासको आधार ह’न सक्ने बताउँदै होटल तथा पर्यटन व्यवसायीहरुको चासोमा आफ्नो पार्टिको ऐक्यबद्धता जनाए भने पुर्व परराष्ट्र र उर्जा मन्त्रि तथा नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले पर्यटन विकासको विषय नेपाली काँग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रका अर्का वक्ता एमाले पर्यटन विभागका प्रमुख सुर्य थापाले पनि पार्टिले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकताका साथ निश्चित लक्ष्य तोकेरै राखिने बताए ।
जन्मदिनमा अखिल सचिवले बाडे बालबालिकालाई शैक्षिक सामग्री
काठमाडौं । अनेरास्ववियुका केन्द्रिय सचीव सुदेश पराजुलीले आफ्नो जन्म दिनमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । अखिल सचिब पराजुलीले सोमबर नक्सालस्थित बालमन्दिरमा ८० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । उनले १० हजार मूल्य बराबरको कपि, कलम तथा दिवा खाजाका लागि बिस्कुट उपलब्ध गराएका हु्न् । उनले जन्म दिनलाइ प्रगतिशील ढङ्गले मनाउने उद्देश्यले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताए । ‘हामीले प्रत्येक समयको सदुपयोग गर्नुपर्छ । व्यक्तिको जन्मदिनको बिशेष अर्थ हुन्छ, मैले यो दिन समाजका लागि नयाँ कामको आरम्भ गर्ने प्रयास गरेको हुुँ,’ अखिल सचिब पराजुलीले भने । उनले समाज बदल्ने अभियानमा सामेल सबैले सबै समयम समाजका लागि सोच्नु पर्ने धारणा पनि राखे ।
एनसेलले थप्यो झण्डै ५०० थ्रिजी टावर, टावरको संख्या २,२१५ पुग्याे
काठमाडौं । एनसेलले एक वर्षको अबधिमा झण्डै ५०० टावर थप गरी आफ्नो थ्रिजी सेवा विस्तार गरेको छ । यसका साथै कम्पनीको कुल थ्रिजी मोवाइल टावरको संख्या २,२१५ पुगेको एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ । आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (जनवरी देखि जुन) को प्रतिवेदन अनुसार, एनसेलले जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधिमा थप ४८० वटा थ्रिजी टावर संचालनमा ल्याएको छ । एनसेलले थ्रिजी सेवा सात वर्ष अगाडी संचालनमा ल्याएको थियो र गत वर्ष जुन सम्ममा १,७३५ टावर जडान गरी सेवा प्रदान गरी रहेको थियो । कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पुर्वाधारले ग्राहकको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । पछिल्लो समयमा एनसेलले फोरजीलाई शहर र थ्रिजीलाई ग्रामिण र दुर्गम स्थानहरुमा व्यापक रुपमा विस्तार गर्ने बताउदै आएको छ । सरकारले प्रविधि तटस्थताको अनुमति दिए पछि एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी सन् २०१८ को अन्त्य सम्ममा देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउने बताएको छ । एनसेलले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार, कम्पनीको थ्रिजी सेवा ३० प्रतिशत भन्दा बढि जनताको पहुँचमा पुगिसकेको छ । आफुले पाएको प्रविधि तटस्थताको अनुमति अन्र्तगत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी इन्टरनेट सेवाको लाभ प्रदान गर्ने र यी लक्ष्यहरु प्राप्तिका लागि आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्धता जाहेर गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, एनसेलको कुल इन्टरनेट प्रयोगकर्ताको संख्या गत आर्थिक वर्षको अन्त्य सम्ममा ७४ लाख ७ हजार पुगेको छ । पछिल्लो केही वर्ष यता मोवाइलको प्रयोगकर्ता बढे सँगै, वायरलेस अर्थात मोवाइल इन्टरनेट सेवाको माग र खपत उल्लेख्य रुपमा बढेको छ । एनसेलका अनुसार, थ्रिजी सेवाको विस्तार पश्चात दुर दराजमा रहेको १,००० भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुग्नेछ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् जसले गर्दा देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान पुग्न गई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव देखिने आशा लिइएको छ । विश्व बैंकले गरको एक अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।