सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रवृत्ति बढाउने विश्वास लिएको छ ।
ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा
काठमाडौं । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गरिन्छ । पूर्णरुपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ्ग, तथा जिम सेवा प्रदान गरिन्छ । ग्राहकहरूले ललितपुरमा पनि पूर्णरुपमा सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि कम्पनीले यो शाखा विस्तार गरेको हो, जहाँ थप ग्राहकहरुलाई गुणस्तरीय वेलनेस सेवा प्रदान गरिनेछ । विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै ट्रान्क्यूलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखाहरु सञ्चालनमा ल्याइसकेको छ । अधिकांश शाखाहरु प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा छन् जसकारण पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने पर्यटकबीच पनि यसको सेवा लोकप्रिय बन्दै गएको छ। द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिलस् रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिद्धार्थ भिलासा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा रहेको शाखाद्वारा पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ । कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको छ । त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० रोजगारी प्रदान गर्दै आएको छ । नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरुले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
नयाँ वर्षमा मनकामना हिलक्रेस्टको अफर : १६ हजारमा वान नाइट स्टे, यस्ता छन् अन्य सुविधा
काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ को नयाँ प्याकेज सार्वजनिक गरेको छ । रिर्सोटले प्रति जोडी १५ हजार ९९९ रुपैयाँ (करसहित) मा ल्याइएको उक्त अफरमा बसाइँ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ । रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइँ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । मनोरञ्जनात्मक प्याकेज मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ । डिनर यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मकटेल निःशुल्क उपलब्ध गराइनेछ । साथै बफेट डिनरको पनि व्यवस्था गरिएको छ । भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ। प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ । नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ । रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ । होटलले यो अफर सीमित समयका लागि लागू हुने जानकारी दिएको छ ।