ट्याक्सी सेवा प्रविधिमैत्री बन्दै, ट्याक्सीमाण्डू एपको शुभारम्भ

काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ । एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले एक अर्कोलाई कुर्ने दिन सकिएको बताए । साथै, एप समेत सामान्य किसिमको भएकाले सहजै प्रयोग गर्न सकिने जानकारी दिए । ट्याक्सीमाण्डुका एमडी अर्जुन के.सी.ले विश्व प्रविधि मैत्री बन्दै गएको अवस्थामा नेपाली प्रविधिको सेवा सुविधामा वृद्धी गर्न आवश्यक रहेको बताए । आगामी दिनमा ट्याक्सीका ग्राहक तथा ड्राइभरहरूले एक अर्कालाई भेट्न सहज हुने एपको उदेश्य छ ।  अन्य एप जस्तै एन्ड्रोइड मोवाइल सेटका ग्राहकहरूले प्लेस्टोर मार्फत ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्ने छन् । यस्तै, एप्पलका ग्राहकहरूले एप्स स्टोर्स मार्फत सो एप डाउनलोड गर्न सक्ने छन् । चालक र यात्रुका लागि छुट्टै किसिमको एप रहेका छन् । यात्रु एप र प्यासेन्जर एप गरेर २ किसिमका एम रहेका छन् । एपको प्रयोगबाट ट्याक्सीमा हुने अपराधिक घटनामा कमी हुने अनुमान गरिएको छ । ह्याम्स अस्पताल र ईसेवाबीच सहकार्य गरेको केसीले बताए । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको उदेश्य भेट्न एप सहयोगी हुने अनुमान गरिएको छ । अधिकाशं पर्यटकले ट्याक्सीको माध्यमबाट नै आफ्नो यात्रा तय गर्ने भएकाले सो अनुमान गरिएको हो । ट्याक्सीमाण्डुले उपत्यका भित्रका पर्यटकहरुको यात्रालाई सुरक्षित बनाउने जानकारी दिइएको छ ।

‘नव उद्यमी सम्मेलन’ मङ्सिर २९ गते काठमाडौँमा  हुँदै, करिब ८०० उद्यमी सहभागी 

काठमाडौं । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रबर्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करिब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए । सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्नबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको जनाइएको छ । मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।

ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार  सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ व्यवस्थित उद्योग सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उद्योगीहरु कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको बताएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उद्योगहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागिता गराउन नसकिएको समेत जानकारी गराए । यस्तै, सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै ग्रील तथा स्टील व्यवसायीहरुले आफ्ना श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गरेका थिए। कार्यक्रमका सभापति सुनसरी जिल्लाका अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्योगलाई कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताएका छन् । साथै, ग्रील उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन सरकारसँग आग्रह समेत गरेका थिए । उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।