जापान रोजगारीमा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे ध्यान

काठमाडौं । जापान रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे बढ्दै गएकाे छ । वैदेशिक रोजगार विभागमा जापान रोजगारीमा पठाउने भन्दै भाषा सकिरहेका व्यक्तिसँग रकम असुल उपर गरी ठगिका उजुरी आउन थालेका छन् । जापान रोजगारीका लागि अनुमति दिएको भन्दै विभिन्न सञ्चार मध्यमबाट विज्ञापन प्रकाशन गरि ठग्ने प्रविधि बढेसँगै त्यस्ता कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको चाँसो बढेको छ । जापान पठाउने भनेसँगै विभागबाट इजाजत पत्र नलिएका संस्थाले नै व्यक्तिको पैसा असुल गरेको लिखित एवंम मौखिक उजुरीहरु प्राप्त हुने गरेको विभागले जानकारी दिएको । जापान पठाउने भन्दै गैर कानूनी रुपमा सूचनाहरु प्रवाह गर्ने संस्थाप्रति विभागको ध्यान बढेको हो ।

श्रम कार्यालय पोखराले गर्यो श्रम स्वीकृत बन्द

काठमाडौं । श्रम तथा रोजगार कार्यालय पोखराले पुन श्रम स्वीकृत दिन बन्द गरेको छ । एक दिनका लागि साउदी, कुवेत, ओमन, कतार, बहराइन जस्ता अरवियन भाषामा भिसा हुने देशहरुको लागि श्रम स्वीकृत बन्द गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार कार्यालय पोखराका भाषा अनुवादक मुस्ताफा जोशीको अनुपस्थित भएसँगै बन्द गर्न लागिएको हो । पछिल्लो समय रोजगार गन्तव्य मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै श्रम स्वीकृति रोक्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । ताहचल तथा उपत्यका बाहिर धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरबाट श्रम स्वीकृति दिँदै आएको छ ।

वैदेशिक राेजगारकाे विषयमा एनआरएनको आधिकारिक धारणा, नेपालकाे अर्थतन्त्र संकटमा

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाएको छ ।  वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा यस क्षेत्रमा देखिने चुनौतीका विषयमा कुरा गरेका हुन् । विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने विषय छलफल भएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याको समाधान गर्न गैरआवासीय नेपाली संघको भूमिका प्रष्ट पारेका हुन्। वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा संघको आधिकारीक धारणामा समेटिने छ । यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेको थियो । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेको छ । साथै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघले अनुरोध गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए । यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।