वैदेशिक रोजगार विभागभित्रका स्वार्थ समूहको चिरफार गर्छुः महानिर्देशक दाहाल
विभागभित्रका समस्या नेपाली श्रमिक जो वैदेशिक रोजगारमा जाने क्रममा कहीँ गएर पनि नठगिउन भन्नकै लागि अनुगमन गर्ने काम वैदेशिक रोजगार विभागले गर्दै आएको छ । म्यानपावर कम्पनीहरु तथा एजेन्टलाई बढी उत्तरदायी बनाउने तथा वैदेशिक रोजगारमा जाने नेपाली युवालाई सहज ढंगबाट कसरी विदेश पठाउने, असल गन्तव्यको खोजी कसरी गर्ने भन्ने कुरो नै सबैभन्दा ठूलो चुनौतिको विषय हो । समाधानको उपाय हरेक काममा चुनौति हुन्छ । त्यसैले वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुलाई बढी उत्तरदायी बनाउने, फास्ट्रयाकबाट पोलिसी निर्माण गरी त्यसको सहजिकरण गर्ने र श्रमिक तथा सम्बन्धित निकायका गुनासाहरु सुन्ने काममा ध्यान दिएर अगाडी बढेमा विभागले लक्ष्य अनुसारको उपलब्धी हासिल गर्छ । ५ प्रथामिकता सर्वप्रथम त विभागका काम कारबाहीहरुलाई छिटोछरितो ढंगबाट निर्णय तथा भरसक गुनासो कम गर्ने कोसिस गर्छु । म्यानपावर तथा वैदेशिक रोजगारीमा जाने मानिसले तोकिएको देशहरुमा शून्य लागतमा कसरी विदेशमा कामदार पठाउने भन्ने विषय पनि गम्भीर रुपमा उठेको छ । सो विषयलाई ध्यान दिई अनुगम गरी सम्बन्धित संघ संस्था तथा म्यानपावर कम्पनीहरुलाई शून्य लागत (जिरो कस्ट) को नियमभित्र कसरी ल्याउने भन्ने विषय हामी सोचिरहेका छौं । जागरुतामूलक कार्यक्रम गर्ने, पछिल्लो समय हेर्दा स्माट पढेलेखेका मानिस नै विभागमा ठगिए भन्दै आउने गरेको भेटिएकोले वैदेशिक रोजगारीका विषयमा थप तालिम तथा परामर्श दिनु आवश्यक छ भन्ने पुष्टी हुन्छ । यो विषयमा पनि मैले प्राथमिकतमा राखेको छु । अनलाइन प्रणालीको प्रयोगलाई निरन्तर अगाडी बढाउने छौं । अनलाइनको प्रयोगले श्रमिक र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यालयमा सहजता भएपनि यो प्रविधिको प्रयोगका बारेमा जानकारी गराई सही प्रयोगको गर्नका लागि विगतका दिनमा पूर्व महानिर्देशकज्यूले यसमा धेरै काम गरेर जानु भएको छ । त्यही कार्यविधिलाई पछ्याउँदै हामी कसरी काम गर्ने र पूरै फेसलेस सर्भिसलाई स्थापना गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । मेरो प्राथमिकता यो विषयमा पनि छ । म्यानपावर कम्पनीहरुलाई हामीले कसरी बढी नियमन गर्ने भन्ने विषयदेखि वैदेशिक रोजगारमा हेर्दा कामदार पठाउने भनिए तापनि कतिपय उजुरी हेर्दा मानव तस्करी भइरहेका देखियो । म्यानपावर कम्पनीको नाममा गरिएको मानव तस्करीलाई अपराधको श्रेणीमा राखेर त्यस्ता घटनाहरुलाई पहिचान गरी दण्ड दिनुपर्छ । विभागले जति दण्ड गर्न सक्यो, त्यति नै यस्ता घटनाहरु न्यून हुन्छ् जस्तो मलाई लाग्छ । बैदेशिक रोजगार विभाग भनेको अर्धन्यायिक निकाय पनि हो । यहाँ आउने सबै केसमा ठगिएका हुदैनन् । यसकारणले यहाँ वास्तवमा ठगिएर आएका हुन् वा नाटक गरिरहेका छन् सो पहिचान गरेर पिडितलाई न्याय दिलाउनु विभागको दायित्व हो । विकसित देशमा रोजगारी श्रम गन्तव्य विस्तार गर्नका लागि शुरुमा त ट्रयाङ्गल रिलेशनसीप विस्तार हुनु जरुरी छ । नेपाल सरकारको मातहतमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एउटा हो भने परराष्ट्र मन्त्रालय र सम्बन्धित देशबीच संवाद गरेर कहाँ के समस्या भइरहेका छन् ती समस्या फुकाउनु पर्नेछ । शास्त्रीय कुटनीतिका विषयमा कति प्रभावकारी छौं भन्ने अर्काे विषय हो । श्रम सम्बन्ध स्थापित हुन दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित गर्नु पर्ने हुन्छ । श्रमिकका लागि वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नियोगकोबीच सम्बन्ध स्थापित गर्नु पर्छ । आगामी दिनमा जापानको रोजगारीको राम्रो अवसर मैले देखेको छु । कोरियोको जस्तै गरी सरकार सरकारबीच सम्बन्ध स्थापित गरेर नेपाली कामदार जापान पठाउन सकिन्छ । यस्तै, युरोपका विभिन्न देशको समन्वयमा रोजगारीको गन्तव्य खोज्न तथा त्यस्तै अन्य खाडी देशमा केकस्तो अवस्था छ भनेर बुझ्न सकिन्छ । खास कुरा कहाँ कहाँ नेपाली कामदारको माग भइरहेको छ, कहाँ कहाँ राम्रो अवसर छ, त्यसको खोजी गरी कतिपय देशमा दुई सरकारबीचको सम्बन्ध स्थापित गरेर कामदार पठाउनु पर्छ । नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारमा रहेका क्षमता, योग्यतालाई कदर गरेर आगामी दिनमा तालिम प्रदान गर्ने हो भने नेपाली कामदारको माग संसारभर रहन्छ । पछिल्लो समय रोमनियामा वैदेशिक रोजगारीको माग रहेको सुनेको छु । कतिपय त्यस्तै यूरोपेली मुलुकमा हामी त्यहाँ पुग्नै सकेका छैनौं । त्यहाँको नियोग र सरकारसँग हामीले सम्बन्ध स्थापित गर्नु पर्नेछ । कामदारलाई दक्ष्य बनाउने अहिलेसम्म नाम मात्रका तालिम केन्द्र पनि छन् । यस्ता तालिम केन्द्र रहेसँगै समस्या बढ्दै जाने सम्भावना रहन्छ । अवका दिनमा वास्तवमा श्रमिकलाई लक्षित गरी तालिम प्रशिक्षण केन्द्र बनाउनु पर्छ । देशमा रहेका श्रमिकलाई उनको क्षमता अनुसारको शीप प्रदान गर्ने तथा गन्तव्य मूलुकका रहेका क्रियाकलापप्रति चेतना जगाउने काम गर्नुपर्नेछ । वैदेशिक रोजगारमा जाँदा शीप नसिकी जाँदा नेपाली युवाले पाएका दुःखलाई ध्यानमा राखी प्रशिक्षण केन्द्र खोल्नु पर्ने आवश्यकता छ । प्रविधि तथा आईटीसँग घुलमिल हुन सक्ने क्षमता श्रमिकमा स्थापित गराउनु पर्छ । पूरै कार्यकाल रहेँ भने… वैदेशिक रोजगार विभागमा पूरै कार्यकाल रहेँ भने यहाँका सबै समस्याको समाधान गरिसक्छु । यहाँ जे जस्ता समस्या छन्, ती समाधान गर्न नसकिने तहका छैनन् । बाहिरबाट हेर्दा र यहाँ आएपछिको भिन्नता बाहिरबाट हेर्दा यो विभागप्रति मेरो बेग्लै प्रकारको धारणा थियो । यहाँ आएपछि फरक अनुभूति गरिरहेको छु । यहाँ समस्या तथा चुनौति धेरै छन् । तर, समाधानै गर्न नसकिने भने होइन । यो विभागलाई सुधार गर्नु जरुरी छ र सकिन्छ पनि । यहाँ केही त्यस्ता स्वार्थ समुहहरुको गतिविधिलाई सहेर अगाडी बढ्नुभन्दा पनि त्यसलाई चिरफर गरेर काम गर्नुपर्छ । यहाँ आएका उजुरी तथा मुद्दाका विषयमा वादी र प्रतिवादीलाई जोडेपछि के हो सत्य भन्ने कुरा थाहा हुन्छ । वैदेशिक रोजगार विभागमा आएपछि न्याय पाउछु भन्नेभन्दा पनि विभागमा आएर उजुरी गरेपछि त्यसलाई सजाय गराउँछु भन्ने मनोविज्ञान पनि पाएको छु । नेपालमा महिलाका विषयमा र वैदेशिक रोजगारका विषयमा कडा कानुन बनेको छ । त्यसकारण पनि नबुझी रोजगारी जाने र केही समय काम गरेर वा झैझगडा तथा अन्य कारण नेपाल फर्किएर विभाग धाउनेहरु पनि भेटिन्छन् । त्यसकारण वैदेशिक रोजगारमा ठगी, चेकबाउन्सका विषय जनतामा केन्द्रित छ । यी सबै कुरामा ध्यान दिएर विभागले आफ्नो कामको गति बढाएमा असम्भव भन्ने कुरा केही छैनन् । जुन मैले विभागमा आएसँगै सोचेका कुरा हुन् । आगामी दिनमा विभागले उक्त कामलाई निरन्तर रुपमा अगाडी बढाउँदै जान्छ । योग्यता र क्षमता अनुसारका विषयमा श्रम गन्तव्यमा पुगेर कसरी सरल ढंगले काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित हुनु विभागको मुख्य उद्देश्य हो । (बैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालसँग विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानीमा आधारित)
अनि महान् भइन् ‘अधिकृत साहेवकी श्रीमती’
काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल चोक नजिकै देखिन्छन् सुजिता पौडेल । २०६२ सालदेखि काठमाडौंको चावहिलमा बस्दै आएकी सुजिताको दैनिकी अलि पृथक छ । हुन त उनी अधिकृतकी श्रीमती । घरमा खान, लाउन र छोराछोरीलाई विद्यालय पढाउन पैसा पुग्छ । तर, उनलाई त्यतिले सन्तुष्टि मिलेन । उनले आफैले केही गर्ने योजनाका साथ काम गरिन् । त्यो काम थियो उनको निम्की, खजुरी र फुरुनदानाको व्यापार । सुरुमा उनका श्रीमानले पनि पत्याएनन् । सानो–सानो पाकेटहरु पसल–पसलमा लिएर विक्रि गर्नु सहज थिएन उनका लागि। तर भन्छन् नी– ‘जहाँ इच्छा त्यहाँ उपाय’ सुजिताले पनि त्यही संकल्प लिएर अगाडि बढिन् र सुरु गरिन् निम्की, खजुरी र फुरुनदानाको व्यापार । अब सुरु भयो उनको पसल–पसलमा गएर अर्डर लिने काम । फुरुनदाना बनाउनका लागि उनले सुरुमा १५ हजारको सामग्री घरमा ल्याइन् । उनको दैनिकी दिनभर पसल–पसलमा गएर बित्थ्यो । कसैले किन्थे कसैले किन्थेन । कसैले किनेन भनेर पनि उनी निराश हन्थिनन् । किनकी उनको यात्रा लामो थियो । दिन महिना र वषौं बित्दै गए । उनको व्यापारले पनि काँचुली फेर्दै गयो । बजारमा उनी चिनन थालिन् । सबैले उनको व्यापार मन पराउन थाले । उनका श्रीमान अधिकृत थिए । उनका श्रीमान ृषि अनुसन्धान केन्द्र खुमलटारमा अधिकृतका रुपमा काम गर्थे । उनका श्रीमान अधिकृत भएकै कारण उनले धेरै कुरा पनि सुन्नु पर्यो । श्रीमान अधिकृत हुनुहुन्छ, यसरी पसल–पसलमा आएर सामान किन बेच्छौं ? भन्ने खालका प्रश्नहरु उनले जीवनमा धेरै खेप्नु पर्यो । ‘छिमेकी र आफन्तहरुले अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्छौ भन्थे, म खिसिक्क हाँसेर प्रतिक्रिया दिन्थेँ, उनीहरुलाई मेरो केही जवाफ हुन्थेन,’ उनले भनिन् । आफुले कामलाई सानो ठूलो कहिल्यै नलिएको उनी बताउँछिन् । उनी बजारमा चिनिदै गइन् । उनका ग्राहक उनका प्रडक्ट मन पराउन थाले । माग पनि बढ्न थाल्यो । सुरु सुरुका दिनहरुमा मार्केटमा स्थापित हुन धेरै गाह्रो भएको उनले सुनाइन् । हाल उनको प्रडक्ट धेरैले मन पराउँछन् । हिजो अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्ने भन्नेहरु आजभोली उनलाई महान महिलाको ताज भिडाउँछन् । हाल सुजिताले स्तुती खाद्य प्रोडक्ट नाम गरेर एउटा घरेलु उद्योग खोलेकी छन् । करिब १० जना लाई पनि उनले आफ्नो उद्योगमा रोजगारी दिएकी छन् । हिजो अधिकृतकी श्रीमती भनेर गिज्याउनेहरु आजभोली सफल महिला उद्यमीको उपनाम दिने गरेको उनले बताइन् । सधैं कामप्रति झुकाव राखेर अगाडि बढे एकदिन अवश्य नै सफल भइने उनले बताइन् । वि.स २०३१ सालमा विरगञ्जमा जन्मिएकी सुजिता हाल सफल उद्यमीका नामले चिनिन्छिन् । उनी अहिले ४६ वर्ष भइन। तर, उनको काम प्रतिको जोश जाँगर भने उत्तिकै छ । फुरुनदाना, खजुरी, मिठेऔंठे, निम्कीलगायतका सामानको अर्डर लिन पसल–पसल जाने सुजिताको दैनिकी आज पनि निरन्तर छ । उनी समाजमा सबैको उदाहरण दिने पात्र बनेकी छन् । जनकपुरमै एसएलसी पास गरेकी उनले त्यस लगत्तै घरेलु तथा महिला उद्यमीले प्रदान गरेको तालिम लिइन् । एसएलसी पास भएसँगै उनले जनकपुरकै रारा बहुमुखी कलेजबाट कक्षा १२ पास गरिन् । बिबिएस पढ्दै उनको वि.स २०५३ सालमा सिन्धुलीका पुरुषोत्म खतिवडासँग विवाह भयो । जव विवाह भयो उनको अध्ययनले भने निरन्तरता पाउन सकेन । उनले काठमाडौंमै आएर हाल गरिरहेको व्यवसाय गर्न थालिन् । सुरुमा सबैले संकुचित नजरबाट हेरे पनि उनको काम निरन्तर अगाडि बढेकै कारण उनलाई सबैले अधिकृतकी महान श्रीमतीको संज्ञा दिन्छन् । हाल उनी सन्तुष्ट छिन् । १४ वर्ष अघिदेखि गरेको एउटा सानो व्यापारबाट एक उद्योगीको दर्जा पाएकी छिन् । विभिन्न महिला उद्यमी कार्यक्रममा जाँदा उनलाई एक पृथक तथा फरक नजरबाट हेर्ने गरेका छन् । नेपालको आर्थिक विकासका लागि घरेलु तथा महिला उद्यमीहरुको ठूलो योगदान छ । आफ्नो काममा निरन्तर नहड्बडाएर लागे सफलता हात पार्न सकिने उनी बताउँछिन् ।
उद्यमी युवालाई आर्थिक अभाव नहुने
इटहरी । राष्ट्रिय युवा नीति पुनरावलोकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेको छ । युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताएका छन् । प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने बताए । युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिएका छन् । रासस