वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने शव ढुवानी बाहेक सम्पूर्ण सेवा बन्द

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय गरेकाे हाे । उक्त निर्देशन र भैपरी आउने जोखिमलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले उक्त अर्काे सूचना नआए सम्मका लागि शव दुवानी बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सभा समारोह लगायत ठूला÷साना जमघट नगर्न निर्देशन दिएको थियो । महामारीको रुपमा विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संघले घोषणा गरेको छ ।  

युएई रहेका नेपालीलाई नआत्तिन राजदूतावासले गर्याे अनुराेध

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको भन्दै दूतावासले सूचना प्रकाशन गरेको छ । युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रुपमा कम देखिएसँगै युएई सरकारले चालेका नीति तथा कार्यक्रमको प्रभाव देखिएको जानकारी दिएको छ । युएईमा रहेका नेपालीको हित र सुरक्षाका लागि राजदूतावास युएई सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘हामीले आवश्यक सहयोग र सद्धाव पाएका छौं, सबैसँग सम्पर्कमा नियमित रुपमा हुन्छ’ उनले भने । यहाँ रहेका सम्पूर्ण नेपालीलाई सामुहिक रुपमा नेपाल फर्काउने भन्ने गलत प्रचार दूतावासको ध्यान केन्द्रित जानकारी दिएका छन् ।

लोक सेवाका सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता अपनाइरहेको समयमा लोक सेवाले पनि आफ्ना सबै प्रकारका लिखित परीक्षा रोक्ने निर्णय गरेको हो । आयोगले निजामती कर्मचारी, सुरक्षा निकाय र संगठिन संस्थाको कर्मचारी भर्नाको लागि लिखित परीक्षा लिने गर्छ । कोरोन सन्त्रासको कारण आयोगले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।