अमेरिकामा तीन सातामा एक करोड ६८ लाखले जागिर गुमाए
काठमाडौं । अमेरिकामा तीन हप्तामा एक करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागरि गुमाएका हुन् । अमेरिकी सरकराले बिहीबार जारी गरेको एक तथ्याकंका अनुसार गत हप्ता मात्रै ६६ लाख मानिसहरुल जागिर गुमाएको भन्दै बरोजगारी भक्ता तथा लाभका लागि आवेदन दिएका थिए । अघिल्ला दुई हप्तामा एक करोड मानिसले सो आवेदन दिएका थिए । विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । अझ अप्रिलमा मात्रै १५ प्रतिशतले रोजगार गुमाउनेको सक्ने अनुमान गरिएको छ ।अल्जजिराबाट
ओमान सरकारले सम्पूर्ण विदेशीलाई आफ्नो नागरिकसरह सेवा दिने
काठमाडौं । ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई समेत ओमान नागरिकसरह सम्पूर्ण सेवा दिने भएको छ । कोरोनाको फैलिएसँगै आफ्नो देशमा कार्यरत सम्पूर्ण नागरिकलाई ओमानी नागरिकसरह रोगको परीक्षण र उपचार नि शुल्क हुने व्यहोरा जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्दै ओमानका सरकार प्रमुखले सम्पूर्ण नेपालीलाई सुरक्षा र सहयोग गर्ने प्रतिवद्धता जायर गरेका छन् । त्यस्तै आजको मितिसम्म ओमानमा नेपालीलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त नभएको ओमानस्थित नेपाली रानदूतावासले जानकारी दिएको छ । हालसम्म ओमानमा २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । त्यस्तै ७२ जना नागरिक उपचार पछि घर फर्किएका राजदूतावासले जानकारी दिएको छ ।
बहराइनमा २२ जना नेपालीमा देखियो कोरोना
काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यस अगाडी १२ जना नेपाली कोरोना संक्रमित रहेको वहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । केहि समय अगाडी सल्माबाद स्थित एक क्यापमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा गरिएकोमा हाल १० जना नेपालीमा कोरोना पुष्टि भएको राजदूतावासले जनाएको छ । बहराइनमा थप संक्रमण रोक्ने उद्देश्यले कुनै भेला, सभा, समारोह गर्न रोक लगाएको हो । हालसम्म बहराइनमा ८ सय २३ नागरिकमा कोरोना संक्रमण भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ । बहराइनमा कोरोनाको उपचार पछि ४ सय ७७ जना नागरिक निको भएर घर फर्किएका छन् ।