बहराइनमा २२ जना नेपालीमा देखियो कोरोना
काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यस अगाडी १२ जना नेपाली कोरोना संक्रमित रहेको वहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । केहि समय अगाडी सल्माबाद स्थित एक क्यापमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा गरिएकोमा हाल १० जना नेपालीमा कोरोना पुष्टि भएको राजदूतावासले जनाएको छ । बहराइनमा थप संक्रमण रोक्ने उद्देश्यले कुनै भेला, सभा, समारोह गर्न रोक लगाएको हो । हालसम्म बहराइनमा ८ सय २३ नागरिकमा कोरोना संक्रमण भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ । बहराइनमा कोरोनाको उपचार पछि ४ सय ७७ जना नागरिक निको भएर घर फर्किएका छन् ।
लकडाउनपछि देशैभर ५० किसिमका कृषिजन्य उद्योग खोल्छौं: पवनकुमार गोल्यान
काठमाडौं । लकडाउनको समयमा धेरै उद्योगीहरु उद्योग सम्बन्धी केही सोच्न नसकेको बताउछन् । तर उद्योगी पवनकुमार गोल्यान भने लकडाउनको समयमा नेपालमा कसरी उद्योग विस्तार गर्न सकिन्छ भनेर याेजना बनाइरहेका छन् । ‘लकडाउनको बेल देशलाई कसरी आत्मनिभर गराउने भनेर सोचिरहेको छु, लकडाउन पछि देशभर ५० प्रकारको कृषिजन्य उद्योग स्थापना गर्ने लक्ष्यकासाथ हाम्रो ग्रुपले काम गरिरहेको छ,’ गोल्यानले विकासन्युजसगँ भने । कृषि क्षेत्रलाई अहिले महत्व दिनु पर्ने भन्दै उनले कृषकलाई उत्पादन बृद्धी गर्न गर्न सहजीकरण र कृषकले आफ्नो खेतबारीसम्म गएर खेतीपातीको काम गर्न सजिलो हुने वातावरणा बनाउनु पर्ने गोल्यान बताउछन् । कृषकलाई सरकारले विनाधित्तो दिने भनेको १५ लाख रूपैयाँ ऋणको सदुपायोग गरेर कृषकलाई कृषिजन्य उत्पादनमा प्रत्यक्ष जोडेर देशलाई कृषिमा आत्मनिभर हुने गरी याेजना बनाए कार्यान्वयनकाे पहल गोल्यान समूहले गरिरहेको छ । सरकारले किसानलाई आफ्नो काम गर्न दिने र आवश्यक परेको खण्डमा कृषको उपचार निशुल्क गर्नुलगायतका कुराहरू सहजीकरण गर्नु पर्ने उनी बताउछन् । साना उद्योगमार्फत देशको अर्थतन्त्रमा ठूलो उपलब्धि हासिल गर्न सहयोग मिल्ने भन्दै उनले पोटाटो चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायतका कृषिजन्य उत्पादन गर्ने ५० किसिमका उद्योग स्थापनाकाे गृहकार्य भइरहेकाे जानकारी दिए । एउटा उद्योगमा १० जना देखि ५ सय जनासम्मले रोजगार पाउने गोल्यान बताउछन् । ४/५ लाख रूपैयाँमा साना–साना उद्योगहरू स्थापना गर्न सकिने उनले बताए । कृषिजन्य उत्पादनका लागि घरका परिवारका सदस्यहरूले समेत चलाउन सक्ने गोल्यान बताउछन् । गोल्यानले स्थापना गर्न लागेको कृषिजन्य उद्योगमा स्थानीय कृषकदेखि आमा समूहसम्म संलग्न हुन सक्छन् । नेपालमा नै उत्पादन गर्न सकिने आलु चिप्स, टमाटरको सस, भुजिया, दालमोठलगायत बस्तुहरु अर्बौं रुपैयाँको आयात हुने गरेको छ । आयात हुने सामान्य बस्तुहरु नेपालमा नै उत्पादन गर्न सके देशको पैसा विदेश नजाने गोल्यानले बताए । उत्पादनका लागि सीप सिकाउन, बजारीकरणमा गोल्यान समूहले नै सहयोग गर्छ । गोल्यान समूहले मापदण्ड बनाउने र माल किनेर समूहले नैे प्याकेजिङमा सहयोग गर्नेछ । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारमाभन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागिरहेको छ गोल्यान समूह । बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी गरिसकेको छ । समूहले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिसकेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने उद्देश्यका साथ ग्रुपले काम गरिरहेको छ ।
कुवेतमा ३ नेपाली कोरोना संक्रमित, दूतावासमा गुनासो बढ्दाे
काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ । कोरोना फैलिएसँगै पछिल्ला दिनमा कुवेतमा रहेका नेपालीको गुनासो बढ्दै गएको कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले बताए । उनले भने, ‘कोरोनाको संक्रमण बढ्दै गएसँगै कम्पनीहरु बन्द भईसकेका छन् । भीडभाडजन्य सबै काम बन्द छ, स्वास्थ्य अवस्थामा चिन्ता मात्र नभई रोजगार गुम्ने हो कि भन्ने आम मानिसमा एक खालको त्रास उत्पन्न भएको छ ।’ चीनको उहानबाट शुरुभएको कोरोनाले विश्वभरीका ८३ हजार ४ सय ४२ जनाको मृत्यु भएको छ भने १२ लाख ५६ हजारभन्दा बढी नागरिक संक्रमित छन् । कुवेतमा साझ ५ बजेदेखि विहान ६ बजेसम्म कर्फू चलिरहेको छ । त्यस्तै कोरोना संक्रमित बढेसँगै कुवेत सरकारले मार्च १ तारिकदेखि आशिंक आममाफी घोषणा गरेको राजदूत भण्डारीले जानकारी दिए । रोजगारीमा कुवेत रहेका विभिन्न देशको श्रमिकलाई निशुल्क आ आफ्नो देश फर्काउने व्यवस्था सरकारले गरेको छ । आंशिक आममाफी घोषणामा कोरोना नियन्त्रण भएसँगै पून कुवेत रोजगारीको लागि जान पाउने व्यवस्था छ । पछिल्लो समय कुवेतमा ८ सय ५५ जनामा कोरोना भाइरस देखिएको छ । त्यस्तै १ जनाको मृत्यु भएको छ, भने १ सय ११ जनाको कुवेतका नागरिक उपचार पछि घर फर्किएका छन् ।