कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना महामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ । अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो । रासस
अमेरिकामा तीन सातामा एक करोड ६८ लाखले जागिर गुमाए
काठमाडौं । अमेरिकामा तीन हप्तामा एक करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागरि गुमाएका हुन् । अमेरिकी सरकराले बिहीबार जारी गरेको एक तथ्याकंका अनुसार गत हप्ता मात्रै ६६ लाख मानिसहरुल जागिर गुमाएको भन्दै बरोजगारी भक्ता तथा लाभका लागि आवेदन दिएका थिए । अघिल्ला दुई हप्तामा एक करोड मानिसले सो आवेदन दिएका थिए । विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । अझ अप्रिलमा मात्रै १५ प्रतिशतले रोजगार गुमाउनेको सक्ने अनुमान गरिएको छ ।अल्जजिराबाट
ओमान सरकारले सम्पूर्ण विदेशीलाई आफ्नो नागरिकसरह सेवा दिने
काठमाडौं । ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई समेत ओमान नागरिकसरह सम्पूर्ण सेवा दिने भएको छ । कोरोनाको फैलिएसँगै आफ्नो देशमा कार्यरत सम्पूर्ण नागरिकलाई ओमानी नागरिकसरह रोगको परीक्षण र उपचार नि शुल्क हुने व्यहोरा जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्दै ओमानका सरकार प्रमुखले सम्पूर्ण नेपालीलाई सुरक्षा र सहयोग गर्ने प्रतिवद्धता जायर गरेका छन् । त्यस्तै आजको मितिसम्म ओमानमा नेपालीलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त नभएको ओमानस्थित नेपाली रानदूतावासले जानकारी दिएको छ । हालसम्म ओमानमा २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । त्यस्तै ७२ जना नागरिक उपचार पछि घर फर्किएका राजदूतावासले जानकारी दिएको छ ।