नेपाल प्रहरीमा २६७६ जनालाई जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेलाई पनि अवसर
काठमाडौं । नेपाल प्रहरीमा २६७६ जनाका लागि जागिरको अवसर अवसर खुलेको छ । प्रहरीको माधव श्रोत विकास विभागले खुल्ला र आरक्षण कोटामा सो मात्रामा नयाँ भर्नाका लागि सार्वजनिक आव्हान गरेको हो । प्रहरीले जनपदतर्फ १६४५ जना र प्राबिधिक तर्फ १०३३ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकको ज्ञान भएकाहरुले पनि आवेदन दिन सक्नेछन् । फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ । साधारण लेखपढ जानकोहरुले पनि संगीत लगतयका विभिन्न पदहरुमा आवेदन दिन सक्नेछन् । प्राबिधिक तर्फका आवेदन कर्ताहरुले काठमाडौं, भक्तपुर, बिराटनगर, सिन्धुली, बुटवल, नेपालगञ्ज र दिपायलबाट आवेदन दिन सक्नेछन भने जनपद तर्फ पनि तीनै ठाउँबाट आवेदन दिन सकिनेछ ।
गरिबी निवारण मन्त्रालय नै गरिब, मन्त्रालयनै बेकामे भएकोले खारेज गर्न मन्त्रीकै माग
काठमाडौं १४, माघ । गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ । मन्त्रालयसँग काम नहुदा मन्त्रीसमेत आजित भएका छन् । गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन् । गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अर्थ, स्थानिय विकासलगायत मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आएपनि मन्त्रालयले कुनै कार्यक्रम पाएको छैन । सरकारकै योजनाअनुसार मन्त्रालयले मुलुकका २५ जिल्लामा गरिबीको रेखामुनि रहेका जनताको पहिचान गरेको थियो । तर मन्त्रालयले कार्यक्रम त के गरिब परिचयपत्र वितरणसम्म गरेको छैन । २५ जिल्लामा ३ लाख ९७ हजार गरिब भेटिएपनि उनीहरुका लागि कार्यक्रम दिन नसकेको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले स्विकारे । नागरिक दैनिकबाट ।
बीमा रकम बृद्धिले कामदार उत्साहित, रकम वृद्धि कामदारको हितमा
काठमाडौं १२, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई घातक रोगका लागि ५ लाख रुपैयाँ थप हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार वैदेशिक रोजगार बिमाका सम्बन्धमा भएका निर्णयबारे पत्रकार भेटघाट गर्दै यस्तो जानकारी दिएको छ । फाइल फोटो हाल वैदेशिक रोजगारमा जाने कामदारको १० लाख रुपैयाँको म्यादी जीवन बिमा हुन्छ । क्यान्सर, किड्नी फेल, हृदयाघात र प्यारालाइसिसजस्ता १५ प्रकारका घातक रोगमा कामदारले यस्तो सुविधा पाउनेछन् । ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बिमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बिमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बिमा, आयको नोक्सानीलगायतका सुविधा विस्तार गरिएको छ,’ उनले भने । सरकारले घातक बिमाबापतको रकम कामदारले १ फागुनदेखि नै पाउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले १ फागुनदेखि कार्यान्वयनमा आउने यस्तो बिमाको करार अवधि १ वर्ष थप गरिएको जानकारी दिए । ‘यो व्यवस्थाले मध्यपूर्वका कतिपय देशमा ३ र मलेसियामा ४ वर्षको रक्षावरण गर्नेछ,’ उनले भने । यसैगरी वैदेशिक रोजगारमा जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषको रकममा कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ पाउने गरी वैदेशिक रोजगार संशोधन विधेयक प्रक्रियामा रहेको छ । हाल कामदारको विदेशमा मृत्यु भएमा ३ लाख रुपैयाँ पाउने व्यवस्था छ । सरकारले यसको कार्यान्वयन गरेपछि वैदेशिक रोजगारमा जाने कामदारले २७ लाख रुपैयाँसम्म पाउनेछन् । भारत जाने कामदारको पनि बिमा सरकारले भारत जाने सबै वालिग नागरिकको पनि बिमा गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत जाने कामदारको बिमा हुने व्यवस्थाका लागि गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अध्ययन कार्यदल बनाउने जानकारी दिए । ‘कार्यदलले दुई महिनाभित्र प्रतिवेदन दिने र प्रतिवेदनपछि यसको कार्यान्वयन हुनेछ,’ उनले भने । शारीरिक रूपमा मृत्युसरहलाई १८ लाख प्रधानमन्त्री प्रचण्डले घातक रोग लागी मृत्यु नभएको, तर शारीरिक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १८ लाख रुपैयाँसम्म कामदारले प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार यस्तो अवस्था भएका कामदारले बिमाबाट १३ लाख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाखसहित घातक रोग लागेबापत ५ लाख गरी १८ लाख पाउनेछन् । कामदारले पाउने बिमा रकम (रुपैयाँमा) जीवन बिमाः १० लाख बिमितको आय नोक्सानीः २ लाख किरिया खर्चः१ लाख औषधि उपचार खर्चः१ लाख शव ल्याउन खर्चः १ लाख घातक रोगः५ लाख (मृत्यु भएमा पनि) कल्याणकारी कोषः हाल पाउँदै आएको ३ लाखमा ४ लाख वृद्धि गरी ७ लाख पुर्याइने । नयाँ पत्रिका दैनिकबाट ।