आंशिक खुल्यो मलेसिया रोजगार, भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थाले

काठमाडौं । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो । मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए । दुई सय ३७ वटा संस्था संस्था दर्ता छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् । प्रवक्ता डा. नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए । रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन् । ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन् । कलिङ भिसा सुरु भएसँगै करिब सात हजार कामदार मलेसिया आइतबारदेखि जान थालेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

कोरिया भाषा परीक्षा जेठ २५ र २६ गते, ९२ हजारको आवेदन

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस शाखाका अनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेदन दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् । गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गरिने

काठमाडौ । कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ। कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रम रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाको तयारी गरेको हो । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत महिना भित्रै करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरू भएको बताउदै भने,‘अब गरिने भर्ना फास्ट ट्रयाकबाट हुनेछ । फास्ट ट्रयाकबाट भर्ना गरेनौ भने प्रक्रिया लम्बन्छ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए । पण्डितले फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गर्न लोकसेवा आयोगसँग परामर्श भइरहेका बताउदै यसमा आयोगले पनि सहमति जनाएको बताए। उनले भने, कर्मचारी भर्ना करिब करिब सबै प्रक्रिया टुंगिसकेको छ। यसमा अब हामी अन्तिम चरणा छौ।’ प्रदेश लोकसेवा आयोगको स्थापना नभएसम्म्म प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी संघीय लोकसेवा आयोगले भर्ना गर्न सक्ने व्यवस्था छ। सो व्यवस्था अनुसार यसपटक संघीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको पण्डितले जानकारी गराए। मन्त्री पण्डितले शबिार आफ्नो निवासमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कर्मचारी भर्ना गर्न सबैभन्दा ठूलो खुडकिलोको रूपमा रहेको कर्मचारी समायोजन प्रक्रिया टुंगिएको बताए। प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारीको विवरण संकलन गर्ने काम भइरहको बताउदै यसकोलागि ७ वटा टोली गठन गरिएको बताए। टोलीको रिपोर्ट पछि भर्नाकोलागि प्रक्रिया अघि बढाइउने उनले बताए। उनले भने,‘अहिले टोलीले काम गरीरहेको छ। रिपोर्ट आएलगत्तै प्रक्रिया अघि बढ्छ।’ लोकसेवा आयोगका प्रवक्ता किरण शर्माले भने सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी रिक्त विरणबारे सूचि प्राप्त नभएको बताए । उनले भने,‘अहिलेसम्म सूचि प्राप्त भएको छैन। सूचि प्राप्त हुने वित्तिकै प्रक्रिया अघि बढाउछौ ।’ पण्डितले आगामि असारसम्म्म सबै ठाउँमा पदस्थापनाको काम टुंग्याउने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।