इपीएस भाषा परीक्षाको केन्द्र तोकियो (नामावलीसहित)

काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तरगत सन् २०१९ को कोरियाली भाषा परीक्षाको लागि तोकिएका ३२ परीक्षा केन्द्रको नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जेठ २५ र २६ गते हुने परीक्षाको परीक्षा केन्द्र निधारण गरेको हो । ईपीएस शाखाका अनुुसार काठमाडौँमा २१, ललितपुरमा ७ र पोखरामा ४ केन्द्र तोकिएको छ । यी हुन् परीक्षा केन्द्र काठमाडौँ र ललितपुरमा जिल्लाका वाग्मती बोर्डिङ स्कूल सुकेधारा, द न्यू समिट स्कूल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन, लिटिल एन्जल स्कूल हात्तिवन, एलआरआई स्कूल कलंकी, एनकेसिंह मेमोरियल स्कूल मीनभवन, भीएस निकेलन मीनभवन, ल्याब्रोटरी उच्च मावि किर्तिपुर, नाइटिङ्गल स्कूल कुपण्डोल, मुनलाइट मावि कुमारीपाटी, लोयल्टी एकेडेमी मण्डीखाटार, काठमाडौँ मोडल कलेज बालकुमारी, गोल्डेनगेट कलेज बत्तीसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, लिटिल एन्जल्स हात्तिवन, नोबेल एकेडेमी नयाँ बानेश्वर, पिनाकल एकेडेमी लगनखेल, टाइम्स इन्टरनेशनल डिल्लीबजार, ट्रिनिटी कलेज कालिकास्थान, युनिभर्सल कलेज शान्तिनगर, भीएस निकेतन तीनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कूल बौद्ध, रेडन कलेज समाखुसी, किस्ट कलेज कमलपोखरी र साउन बोस्टर्न स्टेट कलेज बसुन्धरा परीक्षा केन्द्र तोकिएका हुन् । त्यसैगरी, पोखराका पोखरा पब्लिक स्कूल चौथे, स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कूल सिमल चौर र सिर्जना सेकेण्डरी स्कूल सिर्जनाचोकमा परीक्षा सञ्चालन हुनेछ । २ सत्रमा परीक्षा सञ्चालन एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ । भाषा परीक्षामा ९२ हजार सहभागी हुँदै सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । नतिजा असार १३ गते प्रकाशित गरिने भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ । ५८ हजार नेपाली कोरियामा हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५-२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, ४ देखि ११ तहसम्म ६६ जनालाई अवसर

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा विभिन्न पदमा ६६ जनालाई जागिरको अवसर खुलेको छ । लोकसेवा आयोगको सहमतिमा कोषमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि कोषले शुक्रबार आवेदन खुलाएको छ । ११ तहका उपकार्यकारी निर्देशकदेखि ४ तहका सहायक कम्प्युटर अपरेटरसम्म आवेदन खुलाइएको हो । निर्देशक, वरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, सूचनाप्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, सहायक लेखापाल र सहायक कम्प्युटर अपरेटर पदमा आवेदन खुलाएको कोषले जनाएको छ । असार ५ गतेसम्म इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिन सक्ने कोषले जनाएको छ । १२ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ । ११ तहका लागि १५०० सय, ९ र १० तहका लागि १२०० सय(समावेशी प्रत्येक समूहको थप ५००), ६, ७ र ८ तहका लागि १०००(समावेशी प्रत्येक समूहको थप ४००), ५ तहका लागि ४००(समावेशी प्रत्येक समूहको थप २००) र तह ४ का लागि ३००(समावेशी प्रत्येक समूहको थप १५०) दस्तुर बुझाई आवेदन दिन सकिने छ । परीक्षा केन्द्र काठमाडौँमा रहने र लोकसेवा आयोगबाट परीक्षा सञ्चालन हुने जनाइएको छ ।

लोकसेवाले नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो, माग १४ हजार, विज्ञापन ९ हजारको मात्रै

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढीको संख्यामा नयाँ कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन आह्वान गरेको छ । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो । लोकसेवाले यति ठूलो संख्यामा पहिलोपटक विज्ञापन खुलाएको हो । स्थानीय तहका लागि नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । विज्ञापनमा माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले असार ३ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । कहिलेसम्म दिन सकिन्छ आवेदन ? असार १० गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सनिने आयोगले जनाएको छ । विज्ञापनसँग सम्बनिधत आयोगका धनकुटा, इलाम, खोटाङ, जलेश्वर, हेटौँडा, काठमाडौँ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर कार्यालयले तोके अनुसार परीक्षा केन्द्र कायम गरिने आयोगले जनाएको छ । साथै लोक सेवा आयोग जलेश्वरबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिरहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन हुने जनाएको छ । कति लाग्छ शुल्क ? तह ९ का लागि खुल्लाको रु.१२०० र समावेशी प्रत्येक समूहका लागि थप ५०० सय दस्तुर लाग्नेछ । त्यस्तै तह ६ का लागि रु.१००० र समवेशी प्रत्येक समूहका लागि ४०० लाग्नेछ । यता, तह ५ का लागि रु.४०० र समावेशी प्रत्येक समूहका लागि २०० तथा तह ४ का लागि रु.३०० र समावेशी प्रत्येक समूहका लागि थप रु. १५० दस्तुर लाग्नेछ । देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको संख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भएपनि आयोगले हालका लागि ९ हजार बढीको संख्यामा मात्र भर्ना आह्वान गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार बाँकी कर्मचारीका लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा पुनः नयाँ भर्ना प्रक्रियाद्वारा गरिनेछ । कर्मचारी समायोजनलगायतका कारण आयोगको नियमित प्रक्रियाअनुसार कर्मचारी भर्ना हुन सकेको थिएन । आयोगले चौंथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान गरेको हो । सरुवा बढुवा र सुविधामा स्थानीय तहकै नियम लोकसेवा आयोगका अनुसार यसरी भर्ना गरिएका कर्मचारीको नियुक्ति प्रक्रियादेखि सरुवा बढुवासम्मको अधिकार स्थानीय निकायलाई हुनेछ । हाल भर्ना गरिएका कर्मचारी संघ तथा प्रदेशमा जान पाउने छैनन् । अहिले समायोजनमा गएका कर्मचारी र नयाँ भर्ना गरिने कर्मचारीको व्यवस्थापनसमेत फरक हुने आयोगको भनाइ छ । स्थानीय निकायका आआफ्ना नियम कानुनअनुसार स्थानीय तहले कर्मचारीको सेवा सुविधा उपलब्ध गराउनेछन् । आयोगका देशभर रहेका १४ स्थानका कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहका लागि भने देशभर एकै प्रकारको पाठ्यक्रम र परीक्षा प्रणाली रहेको छ । मुलुकभर रहेका ७५३ मध्ये ५५५ तहले मात्र कर्मचारी आवश्यक रहेको विवरण पठाएका थिए । समायोजनपछि स्थानीय तहले ठूलो मात्रामा कर्मचारी समस्या झेलिरहेका छन् । आवश्यक मात्रामा कर्मचारी नहुँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको स्थानीय तहले गुनासो गर्दै आएका छन् । यद्यपि, हाल खुलाइएको भर्ना प्रक्रियाबाट मात्र कर्मचारीको अभाव पूरा हुने नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन(संक्षिप्त विवरण) स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन(विस्तृत विवरण) स्थानीय तहको पाठ्यक्रम यस्तो छ नयाँ कार्यतालिका ?