वित्तीय क्षेत्रमा ४५५ जनालाई जागिर खुल्यो, सेञ्चुरीमा १६९, हिमालयनमा ८६ र जनता बैंकमा २ सयलाई अवसर

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा २५५ जनालाई जागिरको अवसर खुलेको छ । सञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, १ जना अफिसर, १ जना असिस्टेण्ट अफिसर, १ जना सुपरभाइजर, ३ जना सिनियर असिस्टेण्ट, १ जना सिनियर असिस्टेण्ड(आईटी सिस्टम), म्यानेजमेन्ट ट्रेनी ३० जना, ५ जना जुनियर असिस्टेण्ट(आइटी डिपार्टमेन्ट) र १२५ जना ट्रेनी असिस्टेण्ट गरी १६९ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको आवश्यक योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरुले साउन १ गते भित्र आवेदन दिन सक्ने जनाइएको छ । यता, हिमालयन बैंक लिमिटेडमा ८६ जनालाई जागिरको अवसर खुलेको हो । बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड माग गरेको छ । ४२ सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण तथा १ जना अर्का सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको तथा ३५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसैगरी जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । यता, जनता बैंकले पनि २ सय जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा ३२ जनालाई अवसर, कहिलेसम्म र कहाँ दिन आवेदन ?

काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा ३२ जना कर्मचारी माग गरेको छ । कम्पनीले सहप्रबन्धक(९ तह)देखि वरिष्ठ सहायक(५ तह) सम्मका पदमा कर्मचारी माग गरेको हो । प्रधान कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयमा रिक्त रहेका पदहरुमा लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीले जनाएको छ । सहप्रबन्धक(९ तह) २ जना, उपप्रबन्धक(८ तह, प्रशासन) ४ जना, उपप्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(७ तह, प्रशासन) ४ जना, सहायक प्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(कानून) १ जना, शाखा अधिकृत प्रशासन(६ तह) ४ जना, शाखा अधिकृत(लेखा) २ जना, बरिष्ठ सहायक(५ तह, प्रशासन) १० जना र वरिष्ठ सहायक(लेखा) ३ जना माग गरिएको हो । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवश्यक पदहरुमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेवसाइटबाट दरखास्त फारम डाउनलोड गरी कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौँमा बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । तह ९ र ८ को लागि १५००, तह ७ र ६ को लागि १२०० र तह ५ को लागि ७०० रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । थप समावेश समूहको लागि क्रमशः ५००, ४०० र ३०० रुपैयाँ थप लाग्नेछ । सम्बन्धित पदहरुमा माग भएको आवश्यक योग्यता अनुसार स्नातकोत्तर देखि दश जोड दुई उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

विद्युत प्राधिकरणले माग्यो ६५४ जना कर्मचारी, एसइईमा सी ग्रेड ल्याउनले पनि आवेदन दिन पाउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्राविधिक र प्रशासन सेवा समूहमा कर्मचारी माग गरेको छ । विभिन्न सेवा समूह/उपसमूहका अधिकृत स्तर(७ तहदेखि १० तहसम्म) का १११ जना, सहायक स्तर मिटर रिडिङ सुपरभाइजर(प्रशासन) ४२ जना, लेखापाल ३६ जना, सुपरभाइजर(५ तह, प्राविधिक) ८५ जना, सिनियर मिटर रिडर(४ तह) ६७ जना, सहायक लेखापाल ५१ जना, फोरमेन(इलेक्टिकल, मेकानिकल, सिभिल) ११९ जना, इलेक्ट्रिसियन(३ तह) १३४ जना, जुनियर मिस्त्री ७ जना र जुनियर टेक्निसियन २ जना माग गरेको हो । अधिकृत स्तर १० तहको लागि २०००, ९ र ८ तहको लागि १५००, ७ तहको लागि १२०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ भने सहायक स्तर तह ५ को लागि ८००, तह ३ र ४ को लागि ६०० दस्तुर बुझाउनु पर्ने जनाइएको छ । अधिकृत स्तरका सबै र काठमाडौँ क्षेत्रका सहायकस्तरका दरखास्त फारम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनु पर्नेछ । अन्य क्षेत्रको सहायक स्तरका पदहरुमा सम्बन्धित क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया मै आवेदन दिनु पर्ने प्राधिकरणले जनाइएको छ । सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्नेछन् ।