बालप्रतिभाको तालमा गुञ्जियो मादल : वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न

काठमाडौं । नेपाली सांगीतिक परम्परालाई जगेर्ना गर्दै बालबालिकाको लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको 'प्रथम वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल जुनिअर बिट मास्टर मादल कम्पिटिसन २०८२' को ग्रान्ड फिनाले भव्यरूपमा सम्पन्न भएको छ। नयाँबजारस्थित मनास्लु स्कूलरकलेजमा सम्पन्न प्रतियोगितामा देशभरिका २३ विद्यालय तथा सांस्कृतिक संस्थाबाट छनोट भएका ३९ जना बालप्रतिभाहरूले मादलमा आफ्नो लय, ताल र सिर्जनशीलता प्रस्तुत गरेका थिए । 'सानो हात, ठूलो ताल (मादलमा भविष्यको चाल) भन्ने नारासहित सञ्चालन भएको प्रतियोगिताले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल स्वयं उपस्थित भई बालप्रतिभाहरूलाई हौसला र प्रेरणा प्रदान गरेका थिए । साथै, फियूसन जात्रा ब्यान्ड र हेरिटेज पल्स कनसरभेटरीको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो । प्रतियोगिताको निर्णायक मण्डलले प्रस्तुति, लय, ताल, आत्मविश्वास र सिर्जनात्मकतालाई मूल्यांकनको आधार बनाउँदै उत्कृष्ट प्रतिभाहरूलाई छनोट गरेको थियो। सहभागी ३९ जनामध्ये पाँच जनालाई विजेता घोषित गरिएको थियो । प्रतियोगितामा समिर डंगोल (न्यु जेनिथ अंग्रेजी मोडल स्कुल)ले प्रथम स्थान हात पार्दा, सुजल श्रेष्ठ (मोडल स्कुल) ले द्वितीय र प्रसन्न महर्जन (काठमाडौं म्युजिक मादल) ले तृतीय स्थान हासिल गरे। त्यस्तै, प्रभात तामाङ (फ्यूचर स्टार बोर्डिङ स्कुल) चौथो र आर्यन पुरी (एन्जल लर्ड एकेडेमी) पाँचौं स्थानमा रहेका थिए। विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र विभिन्न सांगीतिक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजना कल्स इभेन्ट ले गरेको हो । संस्थाका अध्यक्ष सञ्जय महर्जनले आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यापक बनाउँदै राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले बालबालिकाको सांगीतिक प्रतिभा विकास र नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।  

ग्राहकका लागि डिशहोमको उपहार : वर्षदिनको इन्टरनेट सित्तैमा

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ वार्षिक इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू प्रत्येक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक हप्ता १४ जना विजेता छनोट हुनेछन् । जसमध्ये १० जना नयाँ ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक हुनेछन् । विजेताहरूले ३६५ दिनको इन्टरनेट सेवा सित्तैमा पाउनेछन् । डिशहोमले यो अफर आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर साथप्रति आभार प्रकट गर्ने उद्देश्यले ल्याएको हो । लक्की ड्रको नतिजा डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलमार्फत हरेक शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । विशेष परिस्थितिमा, नतिजा आईतवार साँझ ५ बजे गरिनेछ । ग्राहकहरूले नजिकको डिशहोम डिलरमार्फत वा खल्ती, ईसेवा, माइडिशहोम एप प्रयोग गरेर सेवा जडान वा रिचार्ज गर्न सक्नेछन् । डिशहोमले प्रदान गर्ने वार्षिक प्याकेजहरूमा १०० एमपीबीएस देखि ३०० एमपीबीएससम्मको गति उपलब्ध छ । यस योजनाले ग्राहकहरूलाई उच्च मूल्यमा उत्कृष्ट अनुभव दिन सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

बेलायतको विश्वविद्यालयबाट डाक्टर बनीन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं । लोकप्रिय अभिनेत्री मनिषा कोइरालाले मानार्थ डाक्टरको उपाधि हासिल गरेकी छन् । उनलाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डले उक्त उपाधि प्रदान गरेको हो । नेपाली राजनीतिमा चर्चित कोइराला परिवारबाट सिने क्षेत्रमा प्रवेश गरेकी मनिषा पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी छन् । मनिषा भारतीय सिने क्षेत्रकी लिजेन्ड अभिनेत्री हुन् । त्यसैले होला, धेरै भारतीय सञ्चारमाध्यमहरूले मनिषाको उक्त उपलब्धिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । मनिषालाई दीक्षित गरिएको तस्वीरलाई इन्डिया टुडे ले विशेष रूपमा छापेको छ । यस्तै, टाइम्स नाउ ले मनिषाको एउटा पुरानो तस्वीर र दीक्षित भएर गाउन लगाएको अर्को तस्वीर प्रकाशित गर्दै 'बधाई लिजेन्ड्री नायिका' लेखेको छ । बोल्लीवुड हंगामा, दैनिक जागरण लगायत धेरै भारतीय सञ्चारमाध्यममा आज मनिषा छाएकी छन् ।