कांग्रेस सहमहामन्त्रीमा लामाको शानदार जित, १ हजार ७९९ मतको अन्तर

काठमाडौं । नेपाली कांग्रेसको १५औ‌ं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ । सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन् । लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरेका छन् ।  त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् । आदिवासी जनजाति क्लस्टरको महिला र खुला सदस्यतर्फ पनि मतगणना सम्पन्न भएको छ । महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । महिला सदस्यतर्फ आठ जना निर्वाचित आदिवासी जनजाति महिला सदस्यतर्फ गीता गुरुङ सर्वाधिक २ हजार ८५९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निर्वाचित हुने अन्य उम्मेदवारमा डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछा मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन् । खुलातर्फ १२ जना निर्वाचित आदिवासी जनजाति खुला सदस्यतर्फ तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मतसहित निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२ र बुद्ध लामाले १ हजार ९५६ मत प्राप्त गरेका छन् । त्यस्तै, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी खुला सदस्यतर्फ निर्वाचित भएका छन् ।

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरिन् ।  महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भइन् । यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भइन् । निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का पनि भए पनि उनीमाथि मुद्दा रहेकाले उनलाई निर्वाचन समितिले तत्काल निर्वाचित गरेकाे छैन । समितिका अनुसार उनी आरोपमुक्त भएपछिमात्र उनलाई निर्वाचित घोषित गरिनेछ । अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् ।  त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो ।

महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानु बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन् । गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो ।