काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले संसद सचिवालयमा राजीनामा बुझाएका छन् ।
उनले मंगलबार प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका थापाले सभामुखको कार्यकक्षमा राजीनामा बुझाएपनि सभामुख भीमबहादुर भण्डारीले उक्त राजीनामा अध्ययन गर्न नपाएको जानकारी दिए ।
प्रदेश सरकारले ल्याएको बजेटप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थापाले बजेट पारित भएपछि मंगलबार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।