काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् ।
महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानु बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन् ।
गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो ।