मधु मरासिनी बने अर्थसचिव, ढुङ्गाना प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो । उनीसँगै अन्य सचिवहरुलाई पनि हेरफेर गरिएकाे बुझिएकाे छ । गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको बताइएको छ ।
सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामुको जिम्मेवारी कडेललाई
काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी सुन्दरप्रसाद कडेलले पाएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी ताेकेकाे हाे । कामु सीईओ कडेलले आगामी साउन २६ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)काे जिम्मेवारीमा छन् ।
राधी विद्युतको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले सम्हाले जिम्मेवारी
काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी सम्हालेका हुन् । साउन १३ गते बसको सञ्चालक समितिको बैठकले कोइरीलाई स्वतन्त्र सञ्चालक र बज्राचार्यलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला थिइन् । उनले राजीनालाई स्वीकृत गरी कम्पनीले उक्त रिक्त हुन लागेको पदमा कोइरीलाई नियुक्त गरेको हो ।