गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्ट नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले विष्टलाई सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ विष्टले आगामी बैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । यससँगै उनले आगामी चार वर्षसम्म संस्थाको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने छन् । साथै, उनले सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्ने छन् । त्यस्तै, चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले दिएका राजिनामा स्वीकृत गरेको छ । उनले दिएका राजिनामालाई बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
वोमी लघुवित्तको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले लिइन् सपथ ग्रहण
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देबकुमार ढकालद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रधान साविक वोमी लघुवित्त वित्तीय संस्था तथा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिइन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा केन्द्रीय बैंकका अन्य अधिकृत तथा वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । दुई संस्था मर्जर पश्चात् २०७७ चैत्र ३ गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु भइसकेको छ ।
नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।