निफ्राको सञ्चालकमा शर्मा नियुक्त, यस्तो बन्यो सञ्चालक समिति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिुम्मेवारी सम्हालेका छन् । संचालक शर्माले बैंक सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन् । यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो । यससँगै, हाल निफ्राको सञ्चालक समितिमा ४ जना मात्रै रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । यससँगै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि धनिराम शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल र इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी रहेका छन् ।
उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा डीसीईओ अधिकारी
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नारायण अधिकारी नियुक्त भएका छन् । असार २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डीसीईओ अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै अधिकारीले संस्थाको डीसीईओका साथ साथै कम्पनी सचिवको कार्यभार समेत सम्हाल्ने छन् ।
सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पाेखरेल र श्रेष्ठ निर्वाचित
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो । इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा आज(असार २३ गते) बुधबार सम्पन्न भएको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । यस्तै सभाले सुजन काफ्ले एण्ड एसाेसिएट्स, चार्टड एकाउन्टेण्टलाई कम्पनीकाे वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेकाे छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभाले एनएफआरएस बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।