सिन्धु विकास बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त, बैंकिङ्ग क्षेत्रमा दुई दशकबढीकाे अनुभव

काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक संचालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । उनले नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेका छन् । आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको छ । बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वको संचालक समिति रहेको छ ।

नेरुडे लघुवित्तको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । फागुन २२ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले अगामी ४ वर्षसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

बोधराज देवकाेटा बने महालक्ष्मी विकास बैंकको सीईओ, दुई दशकको बैंकिङ अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगािड मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए । बैंक स्रोतका अनुसार उनले भोलि सोमबार मात्रै सीईओको कार्यभार सम्हाल्ने छन् ।