माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.को तर्फबाट नियुक्त भएका हुन् ।

सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । सम्बन्धित समाचार पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने

मिर्मिरे लघुवित्तका डीसीईओ न्यौपाने कामु सीईओमा नियुक्त, स्वतन्त्र सञ्चालकमा भट्टराई

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैंठकले संस्थाका नायव कार्यकारी प्रमुख(डीसीईओ) न्यौपानेलाई कामू सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ न्यौपानेले आगामी असार १ गतेदेखि लागू हुने गरी संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका नीति नियमको परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्न र सञ्चालक समितिप्रति पूर्ण जवाफदेहिताक साथा जिम्मेवारी निर्वाह गर्ने छन् । संस्थाका सीईओ कुमार याक्सोले पदबाट राजिनामा दिएसँगै सञ्चालक समितिको बैठकले न्यौपानेलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी सीईओ याक्सोको राजिनामा स्वीकृत गरेको हो । त्यसैगरी, संस्थाको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाले जेठ २९ गतेदेखि लागू हुने गरी भट्टराईलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।