मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ र सञ्चालकमा सुमन पोखरेल

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन् ।

संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको १९४औँ सञ्चालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि हुन् । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको पदभार सम्हाल्नेछन् ।

त्यस्तै, सोही बैठकले सुमन पोखरेललाई सञ्चालक समिति सदस्यका रूपमा नियुक्त गरेको छ ।

संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो प्रतिनिधिका रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई सञ्चालक समितिमा पठाएको संस्थाले जनाएको छ ।

Share News