कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा राजश्व सचिव कर्ण
काठमाडौं । राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनेका छन् । उनले सोमबार पद तथा गोपनियताको सपथ पनि लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुबाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।
नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर
काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।